No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विवादास्पद फैसला गर्ने न्यायाधीशको सर्वोच्चमा सरुवा

0

काठमाडौं । विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सोमबार सर्वोच्च अदालत काजमा झिकाएका हुन् ।

उनले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए । मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उनले सजायको फैसला सुनाएका हुन् । उक्त कानून कार्यान्वयनमा छैन । यसअघि जिल्ला अदालत काठमाडौँका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो ।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार १३:५१

Leave a Reply