No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लोकतान्त्रिक समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक

0

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीको घोषणा पत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरे ।

महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको बताए । महतोले दलीय व्यवस्थामा दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको बताए ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार ०८:०२

Leave a Reply