No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इलाममा सुहाङ एक हजार मतले अगाडि, रास्वपा उम्मेदवारको ‘विजोग’

0

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम गाउँपालिकाको १,२, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सकिँदा एमालेका सुहाङ नेम्वाङले ३,७८३ ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २,७८२ मत प्राप्त गरेका छन्। उनीहरूबीच मतान्तर १००१ रहेको छ। यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७८४ मत,राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५७० मत प्राप्त गरेका छन्।

फाकफोकथुम गाउँपालिका सकिएपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका थिए ।

बझाङमा पनि एमालेकै अग्रता

बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेकपा (एमाले) ले अग्रता कायमै गरेको छ ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले तीन हजार सात सय ४८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले तीन हजार एक सय ८२, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई हजार छ, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक हजार एक सय ४० मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवारले ६७७ मतले अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

प्रकाशित: १६ बैशाख २०८१, आईतवार १७:०६

Leave a Reply