No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रोशी दुर्घटना अनुसन्धान गर्न समिति गठन

0

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेँसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा पाँचजनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको हो ।

उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन् । गृहमन्त्री खाँणले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरी छानबिन समिति बनाउन निर्देशन दिए ।

बुधबार मध्याह्न काठमाडौँबाट सिन्धुलीतर्फ गइरहेको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नम्बरको सुमो ठोक्किँदा दुई महिला, दुई पुरुष र एक बालक गरी पाँचजनाको मृत्यु भएको थियो ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार १४:४२

Leave a Reply