No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

0

 

थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा थप दुई वर्षको कारागार सजाय सुनाएको छ ।

प्रख्यात मानवअधिकार वकिल अर्नोन नम्पाविरुद्ध लगाइएको यो पछिल्लो आरोप हो । उनले अहिले १० वर्षभन्दा धेरै कारागार सजायको सामना गरेका छन् ।

सन् २०२१ मा फेसबुकमा पोस्ट गरिएको तीन सन्देशका लागि जनवरीमा चार वर्षको कारागार सजाय सुनाइएपछि उनी हाल कारागारमा छन् । यसमा उनले पहिला नै लेज–मेजेस्टे (शासकको मर्यादा उल्लङ्घन गर्ने अपराध) का लागि चार वर्षको सजाय भोगिरहेका छन् ।

सरकारले असहमतिलाई दबाउन कठोर कानूनको प्रयोग गरेको र राजा महा वजिरालोङ्गकर्न तथा उनका परिवारको रक्षा गर्ने कठोर कानूनअन्तर्गत धेरै मानिसमाथि मुद्दा चलाएको आलोचकहरूले बताएका छन् ।

बैङ्ककको आपराधिक अदालतले थाइल्यान्डको शाही मानहानि कानूनमा संशोधनका लागि सन् २०२१ मा ह्यारी पोर्टर–थिम र्यालीमा आह्वान गरेकामा अर्नोनलाई दुई वर्ष २० दिनको कारागार सजाय सुनाइएको थियो ।

थाई लयर्स फर ह्युमन राइट्सले उहाँलाई लेज–मेजेस्टेको उल्लङ्घन, आपत्कालीन आदेशको अवहेलना र बिनाअनुमति लाउडस्पिकरको प्रयोगसहित चार आरोपमा दोषी पाएको बताएको छ ।

सन् २०२० मा थाइल्यान्डका युवाहरूको नेतृत्व गर्ने लोकतन्त्र समर्थक विरोध प्रदर्शनमा राजतन्त्रको सुधारका लागि अभूतपूर्व आह्वान गर्न हजारौँ मानिस सडकमा उत्रिएका थिए ।

अर्नोनलाई सजाय सुनाउँदै आपराधिक अदालतले लाउडस्पिकर प्रयोग गरेकामा एक सय ५० भाट जरिवानासमेत गरेको थियो ।

हालैका वर्षहरूमा लेज मेजेस्टे कानूनअन्तर्गत आरोप लगाइएका एक सय ५० भन्दा बढी कार्यकर्तामध्ये अर्नोन एक हुन् । लेज मेजेस्टेलाई फौजदारी संहिताको प्रासङ्गिक खण्डपछि ‘११२’ भनिन्छ ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार ११:१६

Leave a Reply