No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसी बम विद्यालयमा खस्दा ६० भन्दा बढी मारिएको आशङ्का

0

पूर्वी युक्रेनमा एउटा विद्यालयमा शनिबार रुसी बम खस्दा ६० जना भन्दा बढीको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । लुहान्स्क क्षेत्रका गभर्नरले रुसी फौजहरूले पोपसाना नगरमा सबैकुरा ध्वस्त बनाइदिएको र युक्रेनी फौजहरू फिर्ता भएको बताए । डोनबास क्षेत्र कब्जा गर्ने आफ्नो प्रयास अन्तर्गत त्यहाँ रुसले निरन्तर गोलाबारी गरिरहेको थियो ।

गभर्नर सेरही हाइडाईका अनुसार रुसी गोलाबारीले नजिकैका अन्य दुई शहरमा विद्युत् आपूर्ति बन्द भएको छ । उक्त विद्यालय भवनमा ९० जना भन्दा बढीले आश्रय लिइरहेको बताइएको छ । बम हमलापछि उक्त विद्यालयबाट ३० जनालाई उद्धार गरिएको भनिएको छ जसमा सात जना गम्भीर अवस्थामा छन् ।

गभर्नर हाइडाइले शनिबार रुसले विद्यालय भवनमा बम खसालिदिएको बताए । यसअघि रुस र युक्रेनले घेराबन्दीमा रहेको मारिऊपोल सहरस्थित एजोभस्टाल स्टिल उद्योगबाट महिला, बालबालिका र वृद्धवृद्धा सबैलाई अन्यत्र लैजाँदै गरिएको घोषणा गरेका थिए । संयुक्त राष्ट्रसङ्घ र रेडक्रसको समन्वयमा उक्त कार्य एक साताअघि सुरु भएको थियो।

तर यी निकायहरूले भने यो पछिल्लो उद्धार गरिँदै गरेकोबारे पुष्टि गरेका छैनन् । रुसको नियन्त्रणमा नरहेको सहरको अन्तिम भागमा पर्ने स्टिल उद्योगमा भारी बमबारी भइरहेको छ र युक्रेनी फौजहरू कठिन परिस्थिति हुँदाहुँदै पनि लडिरहेका छन् । सर्वसाधारणलाई अन्यत्र लैजाने काम संयुक्त राष्ट्रसंघ र रेडक्रसले गरिरहेका छन् ।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार १६:२९

Leave a Reply