No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बुटवलमा एमाले उम्मेदवारमाथि आक्रमण

0

बुटवल । बुटवलमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारको गाडीमा आक्रमण गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षका उम्मेदवार देवी रेग्मी सवार वा २० च ६७८५ नम्बरको ईसुजुको डबल क्याप गाडीमा सोमबार साँझ ८ बजेतिर आक्रमण गरेका हुन् ।

बुटवल १२ नयाँगाउँ चोकमा ६१८३ नम्बरको स्कुटरमा आएका दुईजनाको समूहले एकाएक गाडीमा ढुंगा प्रहार गरेका थिए। उनीहरुको ढुंगा प्रहारबाट गाडीको अगाडिको शिशा फुटेको छ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार १६:०९

Leave a Reply