No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डेढवर्षअघि गोठाटारमा गार्मेन्ट व्यवसायीको हत्याका मुख्य योजनाकार पक्राउ

0

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या गर्ने समूहका एक भारतीय नागरिकलार्ई पक्राउ गरेको छ ।

प्रहरीले भारतीय नागरिक बब्लु पासवानलाई गोली प्रहार गरी आइतबार पक्राउ गरेको हो । वीरगञ्जमा प्रहरी चेकको क्रममा उनी पक्राउ परेको एसपी कुमुध ढुंगेलले जानकारी दिएका छन् । तयारी पोसाक र झोला बनाउने उद्योग सञ्चालक सर्लाहीका लाल मोहम्मद अन्सारीलाई २०७९ असोज २ मा पासवानको समूहले गोली हानी हत्या गरेको थियो ।

हत्याका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको थियो । उनी बिगतमा लागूपदार्थ कारोबार मुद्दामा नेपालमा ५ वर्ष कैद बसेर छुटेका थिए । उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहँदै आएका थिए । बब्लु पासवान भारतको रक्सौलका बासिन्दा हुन् ।

प्रकाशित: १६ बैशाख २०८१, आईतवार १८:५३

Leave a Reply