No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लघु उद्योग र व्यवसायलाई विशेष अनुदान दिने लावतीको योजना

0

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका, वडा अध्यक्ष उम्मेद्वार विक्रम लावतीले युवाले संचालन गरेको लघु उद्योग र व्यवसायलाई कर छुट र विशेष अनुदान दिने बताएका छन् ।

‘ठूलो संख्यामा युवाहरु विदेश जाने क्रम जारी छ । यो हाम्रो समाजको नकारात्मक अनुभव हो,’ कुम्मायक–२ का राप्रपाका युवा उम्मेद्वार लावतीले चुनावी सभालाई सम्बोधन गर्दै भने ।

‘यसकारण जनताले विश्वास गरेर वडा अध्यक्षमा निर्वाचित गरे, युवाहरुलाई सीप तालिम दिने व्यवस्था मिलाउने छु । युवाले संचालन गरेको लघु उद्योग र व्यवसायलाई कर छुट र विशेष अनुदान दिने प्रबन्ध समेत मिलाउने छु,’ उनले भने ।

युवा उम्मेद्वार लावती आफैं पनि वैदेशिक रोजगारमा कोरिया गएर फर्किएको व्यक्ति भएको कारण, युवाहरुको आकांक्षा, आय र रोजगारको चुनौति बारेमा जानकार रहेको उनले बताए ।

भ्रष्टचारमुक्त प्रशासन कायम गरेर, युवा रोजगार र आय आर्जनमा जोड दिने प्रतिवद्धता लावतीले जाहेर गरेका छन् ।

 

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार ०८:३५

Leave a Reply