No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

0

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।सर्वोच्चको आदेशसँगै अधिकारी नेतृत्वको सरकारले वैधानिकता पाएको छ ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी गर्दै मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलका नेता पाण्डेले रिट दायर गरेका थिए ।

गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार १३:४२

Leave a Reply