No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चुनाव हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होलाः प्रधानमन्त्री

0

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख)बाट शुक्रबार बिहान मतदान गरेका हुन् ।

मतदान गरेपछि प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि धेरैपटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका थिए । स्थानीय निर्वाचन नै लोकतन्त्रको मूल स्तम्भ भएकाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको देउवाले बताए ।

 

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार ०६:०७

Leave a Reply