No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रेसुङ्गाको २ र ३ मा कांग्रेस विजयी

0

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकमा वडा नम्बर–२ र ३ को वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर–२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएका छन् । यो वडामा यो वडामा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

त्यस्तै नगरको वडा नम्बर–३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले ५९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित भएका छन् ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार ०३:१९

Leave a Reply