No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अरुण चौथो जलविद्युत आयोजना निर्माणका लागि भारतसँग सम्झौता गर्नु अपत्तिजनकः भीम रावल

0

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्याएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा रावलले यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथकिता औपचारिता पूरा गर्ने र परम्परागत किसिमको ल्याएको बताए । रावलले सरकारले नेपाली जनता र देशले सामना गर्नु परेको समग्र राष्ट्रिय आर्थिक समस्या समधान तर्फ कुनै उल्लेखिय कुरा अगाडि नसारेको आरोप लगाए ।

उनले वर्तमान गठबन्धन सरकारले बजेट तथा नीति तथा कार्यक्रमको प्राप्त छलफल र सुझावहरु लिन्छ भन्ने विश्वास नभएको बताए । उनले पुँजीगत खर्च बढाउने र विकासको गतिलाई तिव्रता बढाउने खालको अर्थमन्त्रीले नीति ल्याएको खोइ भन्दै प्रश्न गरे । निहित स्वार्थको बलिवेदीमा राष्ट्रिय स्वार्थ र सुरक्षालाई होम्ने गलत नीतिका कारण सरकारले नेपाल राज्य कमजोर र लुलो बनाउँदै गएको उनले बताए ।

उनले अर्थमन्त्रीले ल्याएको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताले कुनै तात्विक परिर्वतन नगर्ने दाबी गरे । उनले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेकोे आरोप लगाए ।

अरुण तेस्रो निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई सेयर बिक्री गर्न लागिएको दाबी गरे । सरकारले जलस्रोतका सन्दर्भमा राष्ट्रिय हितमा काम गर्ने आशा नभएको रावलले बताउनु भयो । प्रधानमन्त्री देउवाले चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कुतर्क गरेको आरोप लगाए । उनले वर्तमान सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण समेत नभएको बताए ।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार १०:०४

Leave a Reply