‘नेपाली राजनीतिज्ञहरूमा ओलीजी र एमालेहरू अमेरिकाकाप्रति अद्भूत आशक्तिमा हुनुहुन्छ,यो आजको यथार्थ हो’
जेपी गुप्ता ।
सन् 1959 मा तिब्बतलाई चीनले आफ्नो अधिपत्यमा लियो। असःहाय दलाई लामाले पत्रहरूद्वारा अमेरिका र बेलायतसंग सहयोगको मांग गर्यो। अमेरिकाले कुनै जवाफ दिएन। “आफ्नो मुलुक भारतलाई स्वतन्त्रता प्रदान गरिसकेको र अब बेलायत अधिनस्थ भारतको सीमा तिब्बतसंग न जोडिएकोले आफुहरू कुनै पनि सहयोग गर्न असमर्थ रहेको” दलाई लामालाई लेख्यो। दलाई लामालाई शरण दिने कुरामा नेपालले सहयोग गरेन। तिब्बतीहरूसंग गहिरो आबद्धतामा रहेको नेपालले यस घटनाबाट दशकौं पछिसम्म चीनलाई एक भरपर्दौ मित्रको रूपमा आश्वस्त गरिरह्यो।
सन् 1990 मा नेपालमा पंचायती व्यवस्थाको समाप्ति र बहुदलीय व्यवस्थाको पुनर्स्थापन पछि नेपाली काँग्रेस सरकारमा आयो। नेपालका कम्युनिष्टहरूका झै नेपाली काँग्रेस कहिल्यै चीनसंगको सम्बन्धमा भावातीत रहेन। शायद, युरोपीयन र अमेरिकी उक्साहटहरूबाट निरपेक्ष रहेर बस्तु स्थितिलाई मनन गरी नेपाली भौगोलिक बिशेषताको आधारमा द्विपक्षीय सम्बन्धलाई निरन्तरता दियो। नेपाली काँग्रेस नेपालका कुनै पनि कम्युनिष्टहरू भन्दा भरपर्दो मित्र रह्यो चीनको। नेपालका प्रति चिनीया सावधानी पनि तेसै अनुरूप रह्यो।
अब त्यो अबस्था रहेन। एमालेहरूले भारतबाट नेपाली भूमि कब्जा गरिएको मुद्दालाई जोडका साथ उठाईएपछि नेपाली काँग्रेसबाट पनि चीनबाट नेपाली सीमा मिचिएको कुरा उठाईएको छ। कम्युनिष्टका सवालमा भारतको प्रतिवाद र काँग्रेसका आरोपमा चिनीया प्रतिवाद बरोबर हुन गएको छ।
अहिले नेपालका बिषयमा भारत “शांत कुटनीतिमा छ भने चीन केही अघिको भारतका झैं ‘माईक्रो म्यानेजमेन्ट’ को भूमिकामा छ।
‘इन्डो प्यासेफिक’ रणनीतिको सवालमा होस् वा दक्षिण एशियाली मुलुकमा अमेरिकी-भारतको हीतको बिषयमा भारत अमेरिकाको पछि पछि छ। मुखर छैन, उद्वेलित छैन तर सक्रिय नै छ। अब नेपालमा जताततै अमेरिका देखिन्छ। हेनरी किसिंजर धेरै बुढो भएपनि गुगल म्यापमा उनले नेपालको नक्सा खोज्नु पर्ने भएको छ। नेपाली राजनीतिज्ञहरूमा ओली जी र एमालेहरू अमेरिकाका प्रति अद्भूत आशक्तिमा हुनुहुन्छ। यो आजको यथार्थ हो।
धन र बैभवता, शक्तिशालीसंग नातागोता गाँस्नु, उन्नत जीवन यापन खोज्नु, अनिध्य सुन्दरता प्रतिको आसक्ति, यौनको भोग, पुस्तौं पुस्ताको सुखसयल र बिपन्नताको दुश्चिन्ता न रहोस भन्ने चाहना आदि बिषयहरूले मानव मस्तिष्कलाई प्रभाव पारिरहेकै छ, अनन्त काल देखि।
तर, जे होस नेपालले आफ्नो बिदेश नीतिको संचालनमा आफ्नो राष्ट्रको हितको निर्धारण गर्ने जिम्मेवार पक्ष त हो नै। यसको परिपालन होस्, सबै नेपालीको यो अपेक्षा रहनु स्वभाविक नै हो।
(तलको तस्वीर सन् 1991, जलाई 4 का दिन नेपालका लागि अमेरिकी राजदूत जुलिया चांग ब्लकले प्रम गिरिजा प्रसाद कोईरालालाई भेटेपछि पठाएकी तस्वीर र तस्वीरको पिठ्यूमा लेखेकी हस्ताक्षर सहितका कुराहरू)