No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि, अब पेट्रोल लिटरको १९९ र डिजेल र मट्टीतेलको १९२ रुपैयाँ

0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

योसँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेलको १९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । खाना पकाउने ग्याँसको मूल्य भने बढाइएको छैन ।

प्रकाशित: ५ असार २०७९, आईतवार १८:०७

Leave a Reply