No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू आन्दोलित

0

बुटवल । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले आन्दोलन शुरू गरेको छ । आइतबार मध्यरातिदेखि पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै अनेरास्ववियू आन्दोलनमा उत्रिएको हो । बुटवलमा अनेरास्ववियुले सोमबार बिहानैदेखि प्रदर्शन गरेको हो ।

बुटवल क्याम्पस अगाडि विद्यार्थीहरूले मूल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरेका हुन् । सरकारले मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन नरोकिने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए । बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरिरहेका छन् ।

यता अनेरास्ववियु केन्द्रीय कमिटीले पनि देशभर मूल्यवृद्धिको विरुद्धमा आन्दोलन शुरू गर्ने तयारी गरेको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो । डिजेलमा पनि एकैपटक २७ रुपैया वृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

प्रकाशित: ६ असार २०७९, सोमबार ०४:१९

Leave a Reply