No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजार ५० अङ्कले घट्यो

0

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि ओरालो लागेको छ । सोमबार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव ३१ अङ्कले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र लघुवित्तको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३० वटा कम्पनीको शेयर कारोबार भएकोमा पाँच वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ । शेयर बजार लगातार घटेपछि बेच्नेहरूको लहरले आज कारोबार सङ्ख्या र रकम भने बढेको छ ।

६१ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले तथा कालिका पावर र रिभर फल्स कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला र सीवाईसी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित: ६ असार २०७९, सोमबार ०९:४८

Leave a Reply