No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फिलिपिन्सको राष्ट्रपतिमा फर्डिनान्ड मार्कोस जुनियर निर्वाचित

0

फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिँदैछन् । धेरैको चासो रहेको निर्वाचनमा बोङबोङ उपनामले चिनिने मार्कोसले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई ६० प्रतिशत मत ल्याइ पराजित गरे । उनको जीतले मार्कोस राजनीतिक वंशको रोचक पुनरागमनको सङ्केत गर्छ जुन सन् १९८६ मा भएको आम विद्रोह पछि पदच्युत भएको थियो ।

निवर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिको शपथ लिने छिन् । मार्कोस जुनियरले स्थानीय समय अनुसार बिहीबार मध्यान्ह मनिलास्थित राष्ट्रिय सङ्ग्रहालयमा शपथ लिनेछन् । कार्यक्रममा सयौँ स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तित्वहरू सहभागी हुनेछन् । समारोहका निम्ति फिलिपिन्सको राजधानीमा करिब १५ हजार सुरक्षाकर्मी तैनाथ गरिने छन् ।

त्यहाँको सर्वोच्च अदालतले मार्कोस जुनियरको पुनः निर्वाचन विरुद्धको बाँकी चुनौतीहरू खारेज गरेको केही दिन पछि उनी विजयी भएका हुन् । मार्कोस जुनियरको चुनावी जीत मार्कोस परिवारका सदस्यहरूले आफ्नो राजनीतिक ख्याति पुनः प्राप्त गर्नका लागि दशकौँसम्म जारी राखेको सङ्घर्षको परिणामको रूपमा हेरिएको छ ।

उनका बुबा फर्डिनान्डले सन् १९६५ देखि १९८६ सम्म देशको नेतृत्व गरेका थिए। उनले मार्शल कानुन लागू गरे र उनको नेतृत्व अवधिमा देशभरि व्यापक मानवअधिकार हनन भयो र भ्रष्टाचार बढ्यो ।सन् १९९६ मा जन विद्रोह गर्न लाखौँ मानिसहरू सडकमा उत्रिए पछि उनको शासन अन्त्य भयो। लगत्तै त्यतिबेला २८ वर्षीय बोङबोङ सहित मार्कोस परिवारले देश छोडेर हवाई गए ।

 

प्रकाशित: १६ असार २०७९, बिहीबार ०३:१४

Leave a Reply