No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुससँग लड्न युक्रेनलाई मासिक पाँच अर्ब डलर आवश्यक

0

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का नेताहरूलाई बताएका छन् । स्पेनमा भइरहेको उक्त सैन्य गठबन्धनको महत्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अतिआवश्यक रहेको बताएका हुन् ।

जेलेन्स्कीले भ्लादिमिर पुटिनको हमला युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिए । उनले उक्त युद्धलाई भविष्यको विश्व व्यवस्थाका लागि लडिएको लडाइँ भनेका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गरेका थिए ।

नेटो प्रमुख येन्स स्टोल्टनबर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताए । उनले रुसी राष्ट्रपति पुटिनलाई चेतावनी दिँदै युक्रेनमा उनको आक्रमणले उनले चाहेको भन्दा विपरीत नतिजा हासिल गरेको बताए ।

यसैबीच नेटोले स्वीडेन र फिनल्यान्डलाई चाँडो प्रक्रियाद्वारा सदस्यता दिने सम्झौतासम्बन्धी विवरण प्रकाशित गरेको छ । योसँगै ती दुई देशहरूले दशकौँदेखि अपनाउँदै आएको सैन्य तटस्थताको नीति अन्त्य भएको छ।

प्रकाशित: १६ असार २०७९, बिहीबार ०३:१८

Leave a Reply