No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वाग्मती सरकार छाड्नुपरे अर्को प्रदेशमा नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीको माग

0

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामाको विषय सत्ता गठबन्धनले टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

शनिवार बसकेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनमा सहमति भएर प्रदेश सरकार बनेको र एकीकृत समाजवादीले बागमती प्रदेशको नेतृत्व छाड्दा अन्त कहाँको नेतृत्व पाउने भन्ने प्रश्न गरेको छ ।

गठबन्धनमा छलफल गरेरमात्रै यस विषयमा टुंगो लगाइने पार्टीका प्रचार प्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यस्तै बागमती मात्रै नभएर अरू प्रदेशका पनि मन्त्रालयहरू बाँडफाँट गर्ने गरी शीर्ष तहमा पुगेर छलफल गर्नुपर्ने निर्णय भएको खतिवडाले बताए।

प्रकाशित: १८ असार २०७९, शनिबार ११:३०

Leave a Reply