No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

0

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ । युक्रेन भ्रमणमा रहेक नर्वेली प्रधानमन्त्री स्टोरले भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो । नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आएको थियो ।

भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेनेक्सीले नर्वेको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उनले सुरक्षा, राजनीतिक र मानवीय सहयोग नर्वेले गरेको स्मरण गरेका थिए । प्रधानमन्त्री स्टोरले युक्रेन भ्रमणका क्रममा आक्रमणबाट क्षतिग्रस्त भएका केही ठाउँको स्थलगत निरीक्षण पनि गरेका र अन्य विभिन्न व्यक्तिहरूसँग पनि सामान्य छलफल गरेका थिए ।

प्रकाशित: १८ असार २०७९, शनिबार १२:२६

Leave a Reply