No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

0

बैतडी । आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले जानकारी दिए ।

सहभागी हुन चाहने खेलाडीले उक्त प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ को अनुसूची १ बमोजिम दर्ता फारम भर्नुपर्नेे छ । फारम भरेर यही साउन २९ गतेभित्र जिल्ला खेलकुद समितिमा दर्ता गराउनुपर्नेछ ।

उक्त प्रतियोगिताका लागि विभिन्न १२ खेलमा खेलाडी छनोट गरिनेछ । जसमा भलिबल, क्रिक्रेट, कवड्डी, एथ्लेटिक्स, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र फुटबल रहेका छन् ।

जिल्लास्तरीय छनोट प्रतियोगिता आगामी भदौमा हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार ०७:३०

Leave a Reply