No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडलाई

0

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले हात पारेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–५ गोलअन्तरले हराउँदै चर्च ब्जाइजले उपाधि जितेको हो ।

निर्धारित समयमा एक–एक गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुटआइटमा चर्च ब्वाइजले दुई–चार गोल गर्दै जित हासिल गरेको हो ।

विजेता चर्च ब्वाइजले नगद पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता त्रिभुवन आर्मीले नगद रु तीन लाखसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालले जानकारी दिए ।

भोजपुर रङ्गशालामा सम्पन्न भएकोे प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टिमको सहभागिता थियो । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा वैशाख ९ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।

प्रकाशित: १५ बैशाख २०८१, शनिबार १४:५७

Leave a Reply