No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाबुराम र आफू सँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्व छः प्रचण्ड

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई र आफू एक ठाउँमा उभिएको र अब यसलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

मंगलबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दुई भट्टराई र महिन्द्र राय यादव समेतको छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरुको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका हुन् ।

प्रचण्डले अहिले वामपन्थी र कम्युनिस्ट आन्दोलनमा बाबुराम र आफू सँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्व रहेको बताए । उनले भने,हामी सँगै उभियौँ अब । कसैले रोकेर रोकिँदैन। त्यो ठूलो कुरा हो ।’ उनले यो बीचमा आफूहरुले ठक्कर खाएको र तीता मिठा अनभव भएको बताए ।

उनले भने,‘तीता मिठा अनुभव भएको हुनाले देशले पनि अलि दुःख पायो। हामी मिल्दा देश र जनताले केही न केही राहत पाउने स्थिति बनाउन सकिन्छ र समृद्धिको यात्रा पनि नयाँ ढंगले सुरु गर्न सकिन्छ भन्ने भएको हुनाले ठेस लागेपछि बुद्धि बढ्छ भने जस्तै हामी सबैलाई ठेस लाग्यो। बुद्धि बढेको छ। अब त्यस्तो हुँदैन ।’

उनले आफूहरुबीच निर्वाचनपछि एउटै केन्द्र बनाउने समझदारी भएको बताए । उनले भने, ‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ। यसको नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने, विकास गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको यात्रामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ भन्न चाहन्छु ।’

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार १२:५३

Leave a Reply