No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नयाँ पुस्तामा ‘राजनीति र नेता’ भन्ने शब्द किन अप्रिय भयो ?

0

ठाकुर पोखरेल ।

— वैकल्पिक मूलबाटो— ७
”ट्यास् तिर्ने चाहिँ जनताहरू, ट्यास् नतिर्ने चाहिँ नेताहरु” ”शिक्षा र स्वास्थ्यमा व्यापार व्यवसाय गर्ने नेताहरु,महङ्गो शुल्क तिरेर सेवा सुविधा लिनु पर्ने बाध्यतामा चाहिँ सर्वसाधारण नागरिकहरु” ”भ्रष्ट्राचारी र अनैतिक काम गर्ने नेता हुन्, दुःखी भएर पनि धैर्यता नगुमाउँनेहरु जनता हुन्”

विषय प्रवेश -:
राजनीति प्रति नयाँ पुस्ताका अधिकांश युवा युवतीहरुमा असर झाङ्गिदै गएको कारण अर्थात् नेपालमा राजनीतिक दल र दलका नेताहरु प्रति नकारात्मकता बढेको हो । अब दलका नेता भन्ने वित्तिकै भ्रष्ट,दलाल,चोर, लफङ्गा, आभाराहरुको ग्याङ्ग हो भन्ने ट्याग् युवाहरुको मस्तिष्कमा गढिलो छाप बसेको पाइन्छ ! राजनीति लाई तैपनि सुधार गर्न सकिन्छ कि भनेर वैकल्पिक उपाय खोज्न केही सचेत युवाहरुले स्वतन्त्र हैसियतबाट राजनीतिमा सक्रिय हुन लागेकाे देखिन्छ तर दलिय सिन्डिकेटको कारण ती युवा राजनीतिक मस्तिष्कहरुलाई ठूलो चुनौती छ, मुख्य त ६० वर्ष पार गरेका केही लम्पट बुढा नेताहरुले नेपाल देशलाई सुशासन र आर्थिक समृद्धि हासिल हुन नदिन ”मुखमा राम राम, बगालीमा छुरा” का रुपमा देखापरेका छन् । पार्टीको नेतृत्व देखि चुनावमा जनप्रतिनिधि बन्न बनाउँन योग्य नेता आफु बाहेक अरु (युवा पुस्ता) लाई देख्दैनन् राजनीतिको केन्द्रमा आफैंलाई मात्र राख्ने प्रवृत्ति यी पुराना सबै दलका शीर्ष नेताहरुमा देखिएको छ तर पनि उनीहरु मुखले भने युवाहरुलाई हस्तान्तरण गर्ने भन्न छोड्दैनन्। वि•स•२०४८ देखि सत्ता वसेका, भ्रष्टाचार, बेथितिमा प्रत्यक्ष अप्रत्यक्ष सामेल भएका देखि जनताले मुद्दा उठाउदा उठाउँदै पनि २०७९ मंसिर ४ मा हुने आम निर्वाचनमा समेत उही एकै नेताले उमेद्वारी घोषणा गरिरहेका छन्।
नेता र नेतृत्वको स्वरुप फेरिनु पर्दछ-:
नेतृत्व भनेको अनुशरण गर्ने, सिक्ने, नक्कल गर्ने विषय पनि हो। विश्वका सफल नेता र नेतृत्वका बारेमा उनीहरुले सिक्नु पर्दछ । बुढा पुस्ताका नेताहरुमा त यो सम्भावना देखिँदैन । अहिलेका दोस्रो र तेस्रो पुस्ताका युवा नेताहरुले यो सिक्नु पर्दछ । त्यो भन्दा पनि वास्तविक सिकाई व्यावहारिक र वैज्ञानिक पुष्टी हुने हुनुपर्छ हुबहु नक्कल गर्ने प्रवृत्तिले असल नेता बन्न सकिन्न भनाइको मतलब वौद्धिक खोराक बाट धेरै कुराहरु सिक्ने र आफ्नो परिवेशमा, शैलीमा उतार्ने गरिन्छ भने त्यसलाई नेतृत्वको स्वरुप फेरिएको मानिन्छ। अहिले राजनीतिमा लागेका नेताहरुको सबैभन्दा ठूलो समस्या के हो भने उनीहरू लगानीकर्तामा परिणत भए । नेताहरू नै होटल, ट्राभल एजेन्सी, अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरु चलाइरहेका छन् । आफ्नो पेशालाई बढी लाभ दिनेगरी नीति र नियम बनाउन तल्लिन छन् । त्यति मात्र होइन, विभिन्न पेशाका ठेकेदार, ब्यापारी वा विभिन्न लाभका क्षेत्रमा ब्यवसायिक बनेकाहरुलाई नेता बनाउने होड सबै राजनीतिक दलमा प्रवेश गरेको छ । यसले राजनीतिलाई भविष्यमा दुषित बनाउने निश्चित छ । नेता धनी हुनु, ठूलो घर बनाउनु समस्या होइन ।

तर, उसको आयआर्जनको स्रोत पारदर्शी हुनुपर्छ । नेपालका नेताहरुमा पारदर्शिता भन्ने कुरा देखिएन । यसैले नेता भन्नासाथ भ्रष्ट ब्यक्तिका रुपमा चित्रित हुन थालेका छन् । अबका दिनमा नेताहरुले आर्थिक पारदर्शितालाई विषेश ध्यान दिन जरुरी छ । ट्याक्स तिर्ने चाहिँ जनता र नतिर्ने चाहिँ नेता हुनुभएन। अचम्म त के छ भने, नेपालमा मात्रै राजनीतिमा आकर्षण देखिन्छ। नेताको पदवी पाउँन मानिसहरु मरिहत्ते गरेर लागेको देखिन्छ। तर, संसारभरि राजनीतिप्रति विकर्षण छ । किन भने, राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो। राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले संसारभरमा राजनीति कठिन त्यागको विषय बनेको छ । तर, नेपालमा राजनीति लाभ र भ्रष्टाचारको अवसरका रुपमा विकास भएको छ । अबका नेता र नेतृत्वले आम नागरिकहरुमा पारदर्शीता, त्याग र इमान्दारिताको प्रर्दशन गर्दै अहिलेको बिग्रिएको राजनीतिको कोर्ष परिवर्तन गर्नुपर्दछ । तर, दुर्भाग्य, शासन, सत्ता र शक्तिमा पुग्न पार्टी कब्जाको मनस्थितिबाट राजनीतिमा होमिएका वर्तमान युवा पुस्ताहरुबाट राजनीतिको कोर्ष परिवर्तन हुने सम्भावना कम छ । विडम्बना १ युवा नेतृत्वबाट पनि आश गर्न सकिने आधार देखिएको छैन । केही टाठाबाठा, जान्ने सुन्ने भनिएका युवा नेताहरु पनि ‘दाइ’ नेताको फेरो समातेर हिँडेका छन् । दास मानसिकताले ग्रसित भएर ‘दाइहरुको’ अनुकम्पबाट राजनीतिमा माथि उठ्ने अवसरको खोजीमा तल्लिनहरुबाट त्यति ठूलो आशा पनि नगरौ ।
आखिरमा राजनीति केमा ब्यस्त रहेछ ?
हामीले दिनदिनै भोगिरहेका, देखिरहेका र उपभोग गरिरहेका कुराहरु नै त हुन राजनीतिका व्यावहारिक बिषय। हाम्रा राजमार्गका पसलमा बिनासित्ति एउटा १५/२० रुपैया पर्ने चाउचाउ लाई भुलुक्क उमालेर ५० रुपैयाँ लिन्छन्। २५ रुपैया पनि नपर्ने जति अस्वस्थ खानेकुराको १५० रुपैयाँ लिन्छन्। खाइसकेपछि चर्पी जाने सुरक्षित ठाउँ कहाँ हो भन्ने पिरलो हुन्छ ! त्यही होटलको चर्पीमा लाईनमा वसेर कष्ट गरी चर्पी भित्र पसियो भने पस्ने बित्तिकै पेट उल्टिएर मुखबाट पोखिने जस्तो हुन्छ। आम मानिस आउँछन् खान्छन जान्छन्। स्थानीय वा राष्ट्रिय कुनै पनि हैसियतमा डुल्ने नागरिकहरुका लागि कुनै पनि राजनीतिक दल वा राज्य सत्ता संचालन गर्ने निकायले खबरर्दारी गर्दैन, त्यसमा खबरदारी गर्ने निकाय कस्को, जिम्मेवारी कसले लिने ? त्यो बिषय जनसरोकारको विषय होइन जस्तै हुँदै आएको पाइन्छ।

”बौध्दिक र सवक राष्ट्र सेवकले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएमा सुधार हुदो रहेछ भन्ने सानो उदाहरण हुन् डा बाबुराम भट्टराई”

हरेक लाई हतारो भैसकेको हुन्छ ! पत्रकार पनि आँउछ खुरुखुरु खान्छ र दौडन्छ किनकि रिपोर्टिङमा जान बेर भइसकेको हुन्छ उनीहरु लाई पनि सधैं हतारो मात्र हुन्छ । हजारौं पटक राज्य सत्तामा बसेका उच्च श्रेणीका पदस्थ अधिकारी तथा राजनीतिक नेतृत्व हरुले त्यो राजमार्ग आसपास क्षेत्रमा वर्षौ देखि खाने पिउँने गर्दै आए तर जनस्वास्थ्य सम्बन्मा कहिल्यै चासो भएन , गरेनन् । त्यही ठाँउमा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि राजनीतिक कामको सिलसिलामा पूर्व-पश्चिम आवतजावत हुदाँ जे देख्छन, उनको मनमा जनजीवनको स्वास्थ्यको चासो र सरोकार ले उनको मनमा पोल्छ । त्यसको बारेमा कुरो उठाँउछन् र भन्छन् जनस्वास्थ्य सम्बन्धमा किन खेलवाड ? नागरिकको जीवनमाथि घटिया प्रवृत्तिका वारे खवरदारी गर्नेमा उनै मात्र एक ”मनमा हरि भएका जिवित देवता” अनि त पत्रकार दौडेर फेरि त्यतै आइपुगेका हुन्छन्! रिपोटिंगका लागि खचाखच् हुन्छन्। सरकारी जागिरे कर्मचारीहरुले पनि ठिक हो भन्न लाग्छन् ! त्यही कुरा अगाडि पछाडि दर्जनौं पटक आवतजावतमा वेवास्ता हुन्छ! वास्तवमा जनहितका लागि राजनीति गर्ने नेता वा नेतृत्व को रहेछ ?

यी र यस्ता कुरा सर्वसाधारण नागरिकहरुलाई बुझाउने इमान्दार कार्यकर्ता नहुनुमा समग्र राष्ट्रको असफलता हो, दुर्भाग्य हो। आखिर असल नियत भए पनि डा बाबुरामलाई कम्तीमा ५ वर्ष सत्तामा राख्ने वातावरण बनाउन सकिएन ! राम्रो गर्नेलाई सरकार संचालन गर्न नदिने दोषीहरु को हुन भन्ने तथ्य सबैलाई थाहा छ । उनीअर्थ मन्त्री हुँदा गरेका गौरवमय बिकास निर्माण का योजना र छोटो अवधिको प्रधानमन्त्री हुँदाको बखत गरेको राष्ट्रिय गौरवका आयोजना(वजेट ल्याउन नदिदाँ पनि)हरु र सुशासनका दर्जनौं काम, राज्यलाई समृद्धि यात्रा तिर लैजान गरेका कामहरुले केही पूर्णता पाउँदैनन् ती नमूना लायक छन तर सत्ता संचालन गर्ने वातावरणमा सर्वाधिक अवरोध भएको, अन्तर पार्टी देखि मातृ पार्टी बाट पनि साथ नमिलेको देखियो ‘के यसो हुनुमा को दोषी? नेपाल र नेपालीको अभाव मान्ने ? अब त उनको भौतिक उपस्थिति वृद्ध सक्षम सल्लाहकार हुन सक्छनन् ।
‘राजनीति’ राज्य संचालनका विधि पद्धति निर्माण देखि राजकाज गर्ने देशमा भएका साधन स्रोत को सही व्यवस्थापन गर्ने सामजिक सेवाको पवित्र माध्यम हो’
नेता र नेतृत्वको नैतिकता र चुनौति-:
लोकतन्त्रमा नेता र नेतृत्वमाथि चुनौति रहन्छन् । जो, स्वभाविक पनि हो । हामी वैधानिक तरिकाबाट समानताका कुरा गरिरहेका छौं । सबै मान्छे समान छौं भनिरहेका छौं । तर, हाम्रो कामना के छ भने अरुले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र शक्ति भएको चमत्कारिक व्यक्ति नेता बनेर आओस् र हाम्रा सबै समस्याको समाधान गरिदिओस् । तर, उल्टो के कुरा भनिरहेका छौं भने– समानताको सिद्धान्तअनुसार हामी सबै बराबर छौं । एउटा असल नेता र नेतृत्व निर्माण गर्ने सबैभन्दा ठूलो सैद्धान्तिक समस्या यहिँनेर छ । हामी सबैलाई थाहा छ, नेतृत्व बलवान हुनुपर्छ, बुद्धिमान हुनुपर्छ, जवाफदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ, तर के त्यो भइरहेको छ त ? छैन भने किन भइरहेको छैन यो बहसमा हामी कहिल्यै प्रवेश नै गरेनौं ।
नेता र नेतृत्वप्रति आश्रित बन्दैछ समाज-:
अहिले हाम्रो अपेक्षा राज्यतिर बढी नै आश्रित बन्दैछ । तर, हामी सबै राज्य र नेताप्रति आश्रित बनिरहेका छौं । सबैलाई थाहा छ, राजनीतिक संक्रमणसँगै समाज पनि परिवर्तन भएको छ । समाज परिवर्तन भएपछि सामाजिक धरातल र परिवेश पनि परिवर्तन भयो। यस्तो परिवर्तन हुनेबित्तिकै समाजको नेतृत्वमा संकट देखिन थाल्यो। अतः नयाँ पुस्ताले धैर्यता गुमाउनु हुँदैन अब त अति भो स्वतन्त्र हैसियत बाट भएपनि राजनीतिलाई सुधार गर्नै पर्छ, पुराना दलहरुले बिराएको बाटो लाई सही मार्गमा ल्याउने जिम्मेवारी पनि नयाँ पुस्ता कै हो। खुल्ला हृदयले नयाँ विचार र दीर्घकालिन विकाश योजना सहित अग्रगामी राजनीतिक मार्गका रुपमा युवा क्षमता लाई खुल्ला हृदयले सबैको साथसहयोग हुनुपर्छ।

प्रकाशित: ९ आश्विन २०७९, आईतवार ०९:४७

Leave a Reply