No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सामूहिक चिहान रहेको स्थानमा युक्रेनी सेनाले अनुसन्धान गर्ने

0

युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशङ्का गरिएको एक शङ्कास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले बताएका छन् ।

यो स्थल अन्तर्राष्ट्रिय सीमाबाट लगभग दुई किलोमिटर टाढा कोजाचा लोपान बाहिर रहेको औद्योगिक कुखुरा फार्म हो । यसपहिले उक्त स्थललार्ई रूसी सेनाले आफ्नो ट्याङ्कलाई राख्न प्रयोग गर्ने गरेको बताइएको छ ।

अधिकारी र सैनिकले १०० वटासम्म शवको बारेमा बताए पनि यो सङ्ख्यालाई स्वतन्त्ररूपमा पुष्टि भने हुन सकेको छैन । यसै महिनाको सुरुमा युक्रेनी सेनाले उक्त क्षेत्रलाई पुनः कब्जामा लिएको थियो र उत्तरपूर्वी क्षेत्र खार्किभलाई कब्जाबाट मुक्त गर्नका लागि ब्यापक गोलाबारी गर्दै रूसी सेनालाई सीमा पारी धकेलेको थियो ।

तर शङ्कास्पद चिहान अझै पनि रूसी तोपखानाको दायराभित्र रहेको र प्लान्टको सुरक्षा गरिरहेका सैनिकहरूले एएफपीलाई बताएअनुसार खानी र नफुटेका विस्फोटक पदार्थ हटाउने क्रममा खानी खन्ने टोलीले उक्त क्षेत्रमा सफाइ गरिरहेको बताइएको छ । फरेन्सिक टोलीले उक्त क्षेत्र सुरक्षित नभएसम्म अनुसन्धान गर्न सक्ने छैन ।

कोजाचा लोपान स्थानीय प्रशासनका प्रमुख ल्युडमिला भाकुलेन्कोका अनुसार युक्रेनी सेनाले पहिलो पटक अप्रिलमा उक्त क्षेत्र कब्जा गर्ने प्रयास गरेको थियो । उनले भने, ‘मलाई हाम्रो गाउँमा आएका सैनिकहरूले सैनिकहरूको चिहान देखेको बताएका थिए, तर उनीहरूले सङ्ख्याबारे एकीन जानकारी दिएका थिएनन् ।’

उनीहरुले विशेष इकाईले यसलाई हेर्ने उनले बताएका छन् । सेनाले हराएका युक्रेनी सैनिकलाई कुखुरा फार्ममा गाडेको आशङ्का गरेको र घटनास्थलमा रहेका सैनिकले उक्त चिहानमा दोहोरो झडपमा मारिएका रूसी सैनिक र स्थानीय युक्रेनी नागरिकलाई पनि दबाएको हुनसक्ने अनुमान गरेको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सीबीएस न्यूजलाई युक्रेनले ‘थप दुई सामूहिक चिहान र सयौं मानिस भएको ठूलो चिहान’ फेला पारेको बताएका थिए । यसै महिनाको सुरुमा युक्रेनले इज्युममा रहेको मुक्त शहरबाहिरको जङ्गलमा रहेको चिहानको छेउमा ४४७ जनाको शव फेला परेको दावी गरेको थियो ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार १७:३३

Leave a Reply