No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजरायली रक्षामन्त्री बर्खास्त 

0

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विरोध गरेपछि रक्षामन्त्री योआव ग्यालेन्टलाई पदबाट बर्खास्त गरेका छन् ।
प्रधानमन्त्री नेतान्याहूको कार्यशैली र कदमको विरोध गरेपछि उनलाई बर्खास्त गरिएको हो ।

राष्ट्रिय सुरक्षा कमजोर पार्ने गरी प्रधानमन्त्री नेतान्याहूले  न्यायप्रणालीमा फेरबदल ल्याउन कानुन अघि सारेको सार्वजनिक कार्यक्रममा ग्यालेन्टले बताएका थिए । सोही अभिव्यक्तिपछि प्रधानमन्त्री नेतान्याहूले उनलाई बर्खास्त गरेका हुन् ।

रक्षामन्त्री ग्यालेन्टलाई बर्खास्त गरेपछि इजरायलमा सरकारविरुद्ध प्रदर्शन भएको छ । हजारौँ नागरिक सडकमा उत्रिएर प्रधानमन्त्री नेतान्याहूको कदमको विरोध जनाएका छन् ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार ०६:४१

Leave a Reply