No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी

0

सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको छ । ‘आगो लागेको केही क्षणम उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले’, फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ ।

करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको थियो । उक्त भवनमा लागेको आगो निभाउँन र नजिकैको आवासीय भवनहुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए । सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ ।

प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार १४:५५

Leave a Reply