No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘कार्साङ’मा दयाहाङ अनुबन्धित

0

काठमाडौं । अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ ।

फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायाँकन सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार ०९:१०

Leave a Reply