No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसियन कप छनोटमा नेपाल चीनसँग पराजित

0

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीबार भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०–५ गोलअन्तरले नै पराजित भएको थियो ।

आज खेलको १६औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै होउ युसीले खेलको २६औँ मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले दुई गोल थप्यो ।

चीनकी यिनली होङ र लु जुआयुले एक– एक गोल थपे । त्यसपछि खेलको ८९औँ मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५–० को जित दिलाए । यस जितसँगै चीनले छ अङ्क जोडेको छ । चीनले पहिलो खेलमा चाइनिज ताइपेलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

अब नेपालले छनोट चरणको अन्तिम खेल यही जेठ २७ गते चाइनिज ताइपेसँग खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार १३:२४

Leave a Reply