No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पशुपतिको जलहरी प्रकरणमा मुछिएका तीन जनाले पाए विशेष अदालतबाट सफाइ

0

काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका तीन प्रतिवादीले सफाइ पाएका छन् । मंगलबार विशेक्ष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिवादीहरू डा. प्रदीप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पशुपतिको जलहरी निर्माण र प्रतिस्थापनमा अनियमितता भएको दाबीसहित तीनैजनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको थियो ।

जलहरीमा एक हजार चार सय ९१ ग्राम ७१८ मिलिग्राम सुन भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको थियो । पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १०२ किलो ६१४ ग्राममात्रै शुद्ध सुन खरिद गरेको थियो ।

जलहरी निर्माणमा १०० किलो ८५ ग्राममात्रै शुद्ध सुन फरक परेको थियो । त्यही घटनालाई भ्रष्टाचार भएको भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

प्रकाशित: १८ बैशाख २०८१, मंगलवार १४:३३

Leave a Reply