+

तीज गीतमा राजेश हमालले मन्जुसँग मर्काए कम्मर

२७ श्रावण २०८०, शनिबार १६:०६

काठमाडौं । गायक डेभिड शंकर र गायिका भावना आचार्यको स्वरमा तीज गीत ‘आफ्नै घर आँगनमा नाच फरर’ सार्वजनिक भएको छ । गीतको शब्द एवं संगीत गायिका भावनाकै रहेको छ ।

भिडियोमा अभिनेता राजेश हमालले मोडल मन्जु थापासँग कम्मर मर्काएका छन् । भिडियोलाई देवेन्द्र पाण्डेले कोरियोग्राफी एवं निर्देशन गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।