काठमाडौं । नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ गीतकार केशव भट्टराईको शव्द रचनामा ‘तिमी जस्तो साथी’ सार्वजनिक भएको छ ।
गीतमा वरिष्ठ गायक दीप श्रेष्ठको स्वर वरिष्ठ संगीतकार कीर्ति न्यौपाने ( दीवाकर शर्मा)को संगीत फणिन्द्र राईको एरेन्ज अनि मिक्सिङ र मास्टरिङ्ग सुमन खड्काको रहेको छ ।
म्युजिक भिडियोमा वरिष्ठ कलाकारद्वय कृष्ण मल्ल र शर्मिला मल्लको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुमा नारायण प्रधान, राकेश खड्का, राजेश विसुराल, श्याम कृष्ण संजेल, राजु चौहान र निराजन रिमालको रहेको छ । भिडियो ओएसआर युट्युबमार्फत शुक्रबार रिलिज भएको हो ।
म्युजिक भिडियोको क्यामेरामा मुकेश हुमागाईं, कोरियोग्राफर प्रशान्त तामाङ, सम्पादन÷ कलर विनोद वाम रहेको छ भने निर्देशनमा वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीको रहेको छ ।
यस भिडियोमा अहिलेको देशको परिस्थितिलाई चित्रण गरेर एउटा सफल व्यवसायी आर्थिक मन्दीका कारण आफ्नो व्यवसाय विग्रिए पछि कस्तो परिस्थिति सामना गर्नु पर्छ भन्ने प्रष्ट देखाइको छ ।
एउटा समस्याग्रस्त परिस्थितिलाई एउटा महिलाले कसरी सम्हाल्न सक्छिन् र भन्ने कुरा देखाइएको छ र हरेक सफल पुरुष पछाडि नारीको ठुलो भुमिका हुन्छ भन्ने सन्देश दिन खोजिएको छ ।


