No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जसपा विभाजन, अशोक राईको नेतृत्वमा ७ सांसदद्वारा आयोगमा निवेदन दर्ता

0

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा विभाजन भएको हो ।

राईको नेतृत्वमा जसपाका बहुमत ७ सांसदले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका रहेका बेला राईको नेतृत्वमा दल विभाजन भएको हो ।

दल दर्ताका निवेदन दिन सांसदसमेत रहेका राईसहित जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठलगायतका सांसद निर्वाचन आयोग पुगेका हुन् ।

नेता प्रदीप यादवले आफूहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आएको जानकारी दिए । प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समितिमा ४०–४० प्रतिशतको समर्थन पुर्याएर नयाँ दल दर्ता गर्न सकिने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार सांसद राईको नेतृत्वमा जसपाका नेताहरूले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार १२:२८

Leave a Reply