डा. युवराज संग्रौला ।
‘हामी तेस्रो बिस्वयुद्धको संघारमा छौँ।’ यो डोनाल्ड ट्रम्पको भनाइ हो। युक्रेन–रसिया द्वन्द्वको शान्तिपूर्ण समाधानको योजनाका सन्दर्भमा ट्रम्प भन्छन्, ‘युद्धको यो अवस्था जो वाइडेन जस्ता मान्छेका कारणले भैरहेको छ।’ ट्रम्पको भनाइ छ, केही मान्छेका निहीत स्वार्थ छन् र त्यसकै लागि उनीहरु यो युद्ध अझ भड्काइरहेका छन् । ‘यो नाइट्मेयरलाई रोक्नु सबै भन्दा महत्वपूर्ण काम हो, अतः स्टेट डिपार्टमेन्ट, सुरक्षा प्रणाली सबैलाई पूर्ण रुपमा बदल्नु आवश्यक छ।’ ट्रम्प भन्छन् ।
१. हुन पनि अब दुई महिनामा नयाँ प्रशासन आउँदैछ । दिमागका कारणले निर्वाचनबाट पनि हटाइएका वाइडेन लडाईंलाई भड्काइ रहेका छन् । के कारण हुन सक्छ ? यथार्थमा अमेरिकी हतियार उद्योगको फाइदाका लागि अमेरिकी प्रशासन उद्दत रहन्छ । यिनै हतियार माफियाका इसारामा अमेरिकी प्रशासन चल्छ। अहिले युक्रेनले रसियामा आक्रमण गर्न प्रयोग गरेका एउटा मिसाइलको दाम १५ लाख डलर पर्छ । यी मिसाइल यस्तै कम्पनीले बनाएको हुन् । जति बढी प्रयोग भयो, उतिनै यी कम्पनीलाई नाफा हुन्छ। अतः यी मिसाइल हान्न यिनै कम्पनी र अमेरिकी सेनाका विज्ञहरु युक्रेन गएको कुरा केही अमेरिकी विज्ञहरु बताइरहेका छन् । यही कुरा रसियाली विज्ञहरु पनि भन्दैछन् ।
२. जे होस अमेरिका र बेलायत प्रत्यक्ष युद्धमा सामेल भएका छन् । रुसलाई कुनामा ठेलेर विघटन गर्ने षड्यन्त्र हो भनी रुसी रास्ट्रपति बताइरहेका छन् । के युरोप र अमेरिकाले रुसको अन्त्य गर्न सक्छन् ? अमेरिकाको तुलनामा निकै बढी अणुमिसाइल रसियासँग छन् । रसियाले आफ्नो अस्तित्वको लागि यी अणुमिसाइल अवश्य प्रयोग गर्ने छ, किनकी उसले बाँच्नका लागि जे पनि गर्छ ।
३.इन्टरकन्टिनेन्टल बेलेस्टी मिसाइल, सुपर्सोनिक १० म्याक्स जो आवाज भन्दा १० गुणा बढी उड्छ युक्रेन माथि प्रयोग गरि डिनिप्रो शहरको मिसाइल बनाउने एउटा कारखाना ध्वस्त पारीदिएको छ ।
किन युद्ध भड्काएर मानव जीवन समाप्त पार्ने ? पश्चिमी देशले बुझ्नु पर्छ रसियालाइ समाप्त पार्ने उनीहरुको चाल १९९२ बाटै असफल भएको छ। रसियाका जनता राष्ट्रवादी छन् । जसरी दोश्रो विश्वयुद्धमा हिटलरलाई हराए, दुई करोड मरेर । अमेरिकीहरु यसरी नै लड्छन् त ?


