डा. युवराज संग्रौल ।
१. नेपालले आफ्नो स्वतन्त्र निर्णय गर्ने क्षमता, ताकत र हक गुमाएको छ । विदेशीहरु राजनीतिक नेता र कर्मचारीलाई प्रयोग गरेर गठबन्धन बनाउँछन् र भत्काउँछन् ।
२. आन्दोलन गर्नेहरु भत्काउने कुरामात्र गर्छन्, बनाउने योजना पनि छैन, क्षमता पनि छैन र विचार पनि छैन ।
३. संचारमाध्यम चल्ला मरिसकेको अन्डा जस्तै भएछ, जति ओथारा बसेपनि चल्ला कोरलिंदैन।
४. नागरिक समाज मरिसक्यो ।
के देश चाहिन्छ हामीलाई ? चाहिन्छ भने गम्भीर हुनुहोस् र कसरी परिवर्तनलाई देशको पक्षमा, सीमान्त भैसकेका आमनागरिकका हकमा, देशमा बसेर देश भत्काउन लागेका विदेशीका बिरुद्धमा प्रयोग गर्न सकिन्छ भन्ने सोच्नुहोस् मित्रहरू । समाजको परिवर्तन केवल सकारात्मक संज्ञान र सकारात्मक संज्ञानमा उम्रेको विचारबाट मात्र गर्न सकिन्छ । विद्रोह गर्नु र राष्ट्र बनाउने योजना बनाउनु एउटै कुरा होइन । विद्रोहले तपाईंलाइ सिंहदरबार पुर्याउँछ । तब के गर्नुहुन्छ ?
सिंहदरबारमा मान्छे पुगेको ७० वर्ष भयो । राजा पनि पुगे, कांग्रेस पनि पुग्यो, कम्युनिष्ट पनि पुगे, माओवादी पनि पुग्यो, रास्वपा, राप्रपा, राजपा र अनेक पुगे ।
तर
१. आज देश ७०० मिलियन डलरको ऋृण र विदेशी सहायताको दुब्र्यसनबाट ग्रस्त छ । के गर्नुहुन्छ यसलाई ? के हो तपाईंको योजना ?
२. कृषि उत्पादन ध्वस्त भएको छ।
३. देशको अर्थतन्त्र १३ जना व्यापारीको हातमा छ।
४. पासपोर्ट चल्दैन।
५. १५ खर्बको व्यापार घाटा छ।
६. सर्टिफिकेट बिक्दैन।
७. आमाहरू सन्तान बिदेश पठाउन जन्माउँछन् ।
देश रितिंदै छ । यी समस्या तपाईं कसरी बदलिनुहुन्छ ? योजना र विचार बिनाको विद्रोह कतै विदेशीकै खेल त हुँदैन । देश बदल्न विद्रोह गरौं, विदेशीको भेडाफार्म निर्माण गर्न होइन । पार्टी त सबैका छन् । युग बदल्ने विचार बोकेको शक्ति खोजौं ।


