-मोहन चापागाईं
चस्का पनि आदत नै हो । काशीमा नै थाहा नपाई नेपाली राजनीतिको चस्का लाग्यो । यही चस्काको कारण विवादास्पद नेपाली राष्ट्रिकको रूपमा वात लागेर कलङ्कित भइयो । शोषण रहित साम्यवादी समाज व्यवस्थाको अवधारणा सिद्धान्ततः वेद पुराण उपनिषद रामायण आदि अनेकानेक आदर्श धरोहरहरूमा उल्लेखित पाइन्छ । यो प्रकल्पना हाम्रो जन्मजात हैसियत हो । पुर्खाको गौरव हो । तर आदरणीय दार्शनिक कार्ल माक्र्सको विचार, सिद्धान्त,दर्शन, दृष्टिकोण एवं अवधारणाको साम्यवादी सोचलाई वैज्ञानिक रुपमा ल्याइने, उभ्याइने असफल प्रयास भयेको अत्तो पत्तो नै नपाई त्यो खाले कम्युनिष्टको वातले कलङ्कित भइयो । लसपस नभई अनायास शब्दाकाशमा शब्दबाँण फ्याँकिन्नन्, हान्नै पर्ने हानिए मैले क पुष्पलालको ने क पामा जे जस्तो हैसियतमा भए पनि सकृय भएर काम गरेकै हो!म उहाँका बिरोधिको तारो बनेको सत्य साँचो हो । यो सत्य मैले बारम्बार स्वीकार गरेको छ र समय सापेक्ष रहँदै गल्ती स्वीकार गरेर जीवन धर्म कर्म निर्वहनलाई गतिशील बनाएको छ । भिष्म पितामह कौरवको लागि वचनबद्ध भए झैं म पनि क. पुष्पलालप्रति अनौपचारिक रुपमा वचनबद्ध थिएँ तर उहाँको देहावसान पछि क नेतृत्वको सोचको नेकपा इतिहासको पृष्ठमा थन्किएको छ । वर्तमाने तथाकथित कम्युनिष्ट दल गुट उपगुट झुण्ड समूह क. पुष्पलाल विरोधी हुन् र खाले च्याँखे जितौरे हुन । सबै नाफामूलक व्यापारीक प्रतिष्ठान जस्ता हुन क. पुष्पलालको नयाँ जनवादी कार्यक्रमका पक्षधर होइनन् । त्यसैले म वर्तमानमा यौटा नेपाली राष्ट्रिक हुँ जसको राजनीतिक सोच संवैधानिक राजतन्त्रात्मक संसदीय शासन प्रणाली हो । म तथाकथित संघीय गणतन्त्रात्मक शासन प्रणालीलाई नेपाल राष्ट्रको हित सापेक्ष स्वीकार गर्न सक्दिन, स्वीकारेको छैन र स्वीकार्ने छैन!जीवनको उत्तराद्र्धतिर तानिइसकियो,तानियोस्,विचार सिद्धान्त दर्शन दृष्टिकोण एवं अवधारणा सदैव शाश्वत रहन्छ । मेरो नश्वर शरीर नरहे पनि मेरो जीवन धर्म कर्म निरन्तर अजर अमर छ ।
श्री ५ ज्ञानेन्द्रलाईसम्म कलीको रूपमा गलत सल्लाह दिए
नेपाल राष्ट्रमा स्थायी रूपमा शासन पद्धतिलाई विकसित एवं स्थापित गर्न सकिएको छैन । २००७ सालको राजनीतिक परिवर्तन कुन प्रणालीलाई स्थापित गर्न हुन गयो । यो राजनीतिक रूपमा स्पष्ट पार्न सकिएन । आदरणीय विश्वेश्वर प्रसाद कोइरालाले निश्चित खाका तयार पार्न पट्टी न सोच्नाले लगानी अनुसारको आलो पाले सरकार श्री ५ कै निगाहामा गठन हुँदै गए । यो प्रकृया राजनीतिक विचार सिद्धान्त दर्शन दृष्टिकोणको मर्ममा प्रहार थियो । आदरणीय विश्वेश्वर प्रसाद कोइरालालाई यो कालखण्डमा राज नेताको दर्जा दिन सकिन्न । उहाँमा पनि निगाहे बक्सिसे प्रवृत्ति हावी थियो । उहाँले के कति कारणले आदरणीय नेपाली डा. तुलसी गिरीलाई च्याप्नुभयो यो नै उहाँको राजनीतिक जीवनमा ठूलो गल्ती देखिन्छ । आदरणीय नेपाली रूद्र प्रसाद गिरीको त लोकतान्त्रिक बहुदलीय शासन व्यवस्थालाई व्यवस्थापन लगानी रहेको पाइन्छ । आदरणीय डिल्लीरमण रेग्मी, क. पुष्पलालले राष्ट्रिय काँग्रेसमा कामगर्दा,आदरणीय नेपाली केदार मान व्यथित र साथै आदरणीय विश्वेश्वर प्रसाद कोइरालासँग काम गरेको र रेग्मी र कोइरालाको विवाद हुँदा पनि आदरणीय रूद्र प्रसाद गिरीले मिलाउँन खोजेको पाइन्छ तर आदरणीय तुलसी गिरीको त कलिले मति भ्रष्ट गराएँ झैं बुद्धि भ्रष्ट गराउँने भन्दा अर्को कुनै राजनीतिक कर्म गरेको छ जस्तो लाग्दैन!उहाँको जीवन चरित्र राजनीतिक रूपमा बिगार्ने मात्र थियो भन्न सकिन्छ । मैले यौटा मात्र होइन धेरै राजनीतिक अनौठो बोली तुलसी गिरीले भनेको सुनेको छ । राजतन्त्रमा लोकतान्त्रिक बहुदलीय व्यवस्थालाई स्थान छैन भन्ने भनाइ विशुद्ध अराजनीतिक सिद्धान्तहीन भाँडतन्त्रे, छाडातन्त्रे शैली हो, चरित्र हो!आदरणीय बिश्वेश्वर प्रसाद कोइरालालाई मात्र नभई श्री ५ ज्ञानेन्द्रलाईसम्म कलीको रूपमा गलत सल्लाह दिएका थिए भन्न सकिन्छ । आदरणीय विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वको सरकार अपदस्थ गराउँने भूमिका खेले भने राजतन्त्र समाप्त पार्ने, आफु हिन्दू आचरण प्रधान सनातन धर्म बिरोधी भएकोले अप्रत्यक्ष रूपमा हिन्दू आचरण प्रधान सनातन धर्म समाप्त पार्न सफल भए!त्यसैले मैले आदरणीय बिश्वेश्वर प्रसाद कोइरालालाई कलिले आफ्नो प्रभावमा पारो भन्ने बुझेको छ ।
स्थायी रूपमा शासन पद्धतिलाई विकसित एवं स्थापित गर्न सकिएको छैन
नेपाल राष्ट्रमा स्थायी रूपमा शासन पद्धतिलाई विकसित एवं स्थापित गर्न सकिएको छैन । २००७ सालको राजनीतिक परिवर्तन कुन प्रणालीलाई स्थापित गर्न हुन गयो !यो राजनीतिक रूपमा स्पष्ट पार्न सकिएन । आदरणीय विश्वेश्वर प्रसाद कोइरालाले निश्चित खाका तयार पार्न पट्टी न सोच्नाले लगानी अनुसारको आलो पाले सरकार श्री ५ कै निगाहामा गठन हुँदै गए!यो प्रकृया राजनीतिक विचार सिद्धान्त दर्शन दृष्टिकोणको मर्ममा प्रहार थियो!आदरणीय विश्वेश्वर प्रसाद कोइरालालाई यो कालखण्डमा राज नेताको दर्जा दिन सकिन्न । उहाँमा पनि निगाहे बक्सिसे प्रवृत्ति हावी थियो । उहाँले के कति कारणले आदरणीय नेपाली डा तुलसी गिरीलाई च्याप्नुभयो यो नै उहाँको राजनीतिक जीवनमा ठूलो गल्ती देखिन्छ । आदरणीय नेपाली रूद्र प्रसाद गिरीको त लोकतान्त्रिक बहुदलीय शासन व्यवस्थालाई व्यवस्थापन लगानी रहेको पाइन्छ । आदरणीय डिल्लीरमण रेग्मी, क. पुष्पलालले राष्ट्रिय काँग्रेसमा कामगर्दा ,आदरणीय नेपाली केदार मान व्यथित र साथै आदरणीय बिश्वेश्वर प्रसाद कोइरालासँग काम गरेको र रेग्मी र कोइरालाको विवाद हुँदा पनि आदरणीय रूद्र प्रसाद गिरीले मिलाउँन खोजेको पाइन्छ तर आदरणीय तुलसी गिरीको त कलिले मति भ्रष्ट गराएँ झैं बुद्धि भ्रष्ट गराउँने भन्दा अर्को कुनै राजनीतिक कर्म गरेको छ जस्तो लाग्दैन । उहाँको जीवन चरित्र राजनीतिक रूपमा बिगार्ने मात्र थियो भन्न सकिन्छ!मैले यौटा मात्र होइन धेरै राजनीतिक अनौठो बोली तुलसी गिरीले भनेको सुनेको छ!राजतन्त्रमा लोकतान्त्रिक बहुदलीय व्यवस्थालाई स्थान छैन भन्ने भनाइ विशुद्ध अराजनीतिक सिद्धान्तहीन भाँडतन्त्रे, छाडातन्त्रे शैली हो, चरित्र हो । आदरणीय विश्वेश्वर प्रसाद कोइरालालाई मात्र नभई श्री ५ ज्ञानेन्द्रलाईसम्म कलीको रूपमा गलत सल्लाह दिएका थिए भन्न सकिन्छ । आदरणीय विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वको सरकार अपदस्थ गराउँने भूमिका खेले भने राजतन्त्र समाप्त पार्ने, आफु हिन्दू आचरण प्रधान सनातन धर्म बिरोधी भएकोले अप्रत्यक्ष रूपमा हिन्दू आचरण प्रधान सनातन धर्म समाप्त पार्न सफल भए । त्यसैले मैले आदरणीय विश्वेश्वर प्रसाद कोइरालालाई कलिले आफ्नो प्रभावमा पारो भन्ने बुझेको छु ।
अन्धभक्त प्रवृत्ति हानिकारक हुन्छ
जीवन धर्म कर्म निर्वहनको कुनै पहलुमा अन्धभक्त प्रवृत्ति हानिकारक हुन्छ! त्यसमा पनि धार्मिक भावको धारणा आस्था विश्वास भक्ति र राजनीतिक आस्था सिद्धान्त दर्शन दृष्टिकोण एवं अवधारणामा अन्धभक्ति स्वयंको जीवन नष्ट गर्ने झर्लावादी रूञ्चे अरण्यरोदन हो भने यो प्रवृत्ति सामाजिक विघटनको कारक हो,राष्ट्रघात हो ।द मान्छेको रूपमा मान्छे हुनलाई मनको चञ्चल स्वार्थी अभिप्रेरणालाई नियन्त्रण गरेर आफ्नो आत्म सम्प्रेषित बोली बोल्नुहुन्छ, आफ्नो जीवन धर्म कर्मलाई आत्म प्रेरित बनाउँनु पर्छ । त्यो समय मेरो जीवन गति निरन्तर क्रियाशील गतिशील रहन्थ्यो । काशी बसाइमा भात दाल तरकारी पकाउन जानियो । यो क्रम निरन्तर रहेको छ । चुल्हो मात्र फरक छ!त्यहाँ बीच भागमा जाली भएको फलामको चुल्हो थियो ।सबै भन्दा पहिले दाल उमालेर छोपेर जाली मुनिको जमिने ठाउँमा राखिन्थ्यो । भात र तरकारी चुल्हो माथि पकाइन्थ्यो । दाउराका कोइलाको प्रयोग गरिन्थ्यो । भात तरकारी पाक्दा तल दाल पनि राम्ररी पाक्थ्यो । त्यो समय मेरो जीवन गति निरन्तर क्रियाशील गतिशील रहन्थ्यो!दाल भात तरकारी पाक्दै गर्दा संस्कृतका पाठ, श्लोक कण्ठस्थ गर्थे या अङ्ग्रेजीका माने रट्थें । खाए पछि विश्वविद्यालयतिर लागिन्थ्यो!रिक्सा गाडी चल्ने सडके बाटो भए पनि बाटोमा पाठ घोकन्ते क्रम चलिरहन्थ्यो । त्यो बेलाको कर्म फल मैले अहिलेसम्म प्राप्त गरेको छ!मलाई संस्कृतका धेरै श्लोक आउँछन्!अहिले मलाई लाग्छ त्यो जीवनशैली साँचो रूपमा साक्षात् शिव तत्वको संकेत रहेछ् । देखावटीपन मुक्त स्वच्छ पवित्र अहङ्कार आडम्बररहित सुखी शान्त सम्पन्न मेरो जीवन धर्म कर्म निर्वहनको गन्तव्य जसमा निर्विकल्प भावको स्वतः प्रतिफल । त्यो कालखण्डको स्वतःस्फूर्त आनन्दाभुतिको सम्प्रेषण वर्तमानमा झार्ने प्रयास गर्छु तर त्यो बेलाको प्रकृतिको परिस्थिति एवं परिवेश भिन्न रहेको छ!अहिलेको सामाजिक जटिलताबाट विकसित परिवेश आफैंमा अल्झिएको छ । नियतिको नियमको नियमन हो त्यो सन्तुष्टि, आनन्द वर्तमानमा सापेक्ष छैन ।
सत्यम शिवम् सुन्दरम् स्वतः रमणीय हुन्छ
खोजेर जबसम्म आफूभित्र पाउँन सफल भयिन्न झन् अन्यत्र सम्भव नै छैन । स्यानो–ठूलो, दास–मालिक ज्ञानी–अज्ञानी, पूर्ण–अपूर्ण, असफल–सफल आदि अनेकानेक मानसिक भाव अर्थहीन सम्प्रेषण हो । आफूभित्रको आत्मविश्वास र आत्मबलको आत्मबोध सत्य यथार्थ शाश्वत भाव हो । यसमा रमाउँन सक्षम भए सत्यम शिवम् सुन्दरम् स्वतः रमणीय हुन्छ ।
कुलराज दाजुले इण्डिया लानु नै मेरो जीवनको अहो भाग्य
आदरणीय कुलराज दाजुले इण्डिया लानु नै मेरो जीवनको अहो भाग्य भनेर बुझेको छु । त्यहीं जीवन धर्म कर्म निर्वहन गर्न सक्षम भएँ!बाराणसेय संस्कृत विश्वविद्यालयमा जागिरे पद्धतिको पढाइ प्रारम्भ गरियो!विश्वविद्यालय लगभग तीस मिनेट हिककडेर पुगिन्थ्यो । आदरणीय प्रसिद्ध डा काशीराज सुवेदी मेरा पैदल हिंड्ने सहगामी हुनुहुन्थ्यो । कहिले कहीं पूजनीय गुरू डा गोविन्द सुवेदी पनि हामीलाई साथ दिनु हुन्थ्यो!आदरणीय गुरू डा गोविन्द सुवेदी विश्वविद्यालयका नेपाली विभागका प्राध्यापक र पनि उहाँ हिककडेर विश्वविद्यालय जाने!अहिले लाग्छ उहाँ जस्तो विद्वान प्राध्यापक तर अलंकार आडम्बररहित जीवनशैलीका धनी, उहाँको सादा सरल जीवन गतिको सम्प्रेषण ममा लाल मोहरको रूपमा परेको छ!त्यसैले मेरो जीवन गतिको प्रेरक शिवत्व उहाँ नै हो!मैले मेरो गच्छेअनुसार उहाँप्रतिको आदर सम्मानमा कमी गरेको छ जस्तो लाग्दैन । उहाँको आज्ञा सल्लाह सदैव शिरोधार्य गरें!आदरणीय गुरुको सल्लाह निर्देशन अनुसार मैले लगभग सात बर्ष नुन खाइन, माटामुनि फलेका खाद्य पदार्थको सेवन गरिन । यो जीवन गतिको अनुशरण गर्न सके रगत स्वच्छ पवित्र हुन्छ भन्ने उहाँको आदर्श थियो!कथनको सत्यता मेरो जीवन धर्म कर्म निर्वहनको गतिमा साक्ष्यात् भएको छ । उहाँ मेरो मानस पटलमा शाश्वत रूपमा विराजमान हुनुहुन्छ । मलाई नेपाली राष्ट्रिकको मर्म आत्मसात गर्ने अभिप्रेरणा उहाँबाट प्राप्त भएको हो । उहाँ मेरा नेपाल राष्ट्र, नेपाली राष्ट्रिक एवं नेपाली राष्ट्रियतालाई आत्मसात गराउँने अभिप्रेरक हुनुहुन्छ!उहाँप्रतिको आदर सम्मानले मलाई यो सत्य पस्किने जमर्को गरायो । अहंकार आडम्बररहित जीवनशैली साक्षात् शिव तत्वको प्रेरणा हो । जन्म दिने निमित्त उपादान कारण जननीले नश्वर देह त्यागेर गए पनि उहाँले जन्माएका तेस्रो सन्तान मेरा आदरणीय माहिला दाजु कुलराज शर्माले म झ्वाँके घैंटे काजीलाई इण्डिया काशी लिएर जानु भयो त्यसैले दुई चार जना नेपाली राष्ट्रिकको “मोहन चापागाई” भएँ मेरो मानव जीवनको सेरोफेरो यही हो!यसैमा आत्म सन्तुष्टि छ,आत्मविश्वाससहित आत्मबल छ, अन्यथा ब्रह्मनाद सम्प्रेषित सृष्टिको समष्टिमा म केवल प्राणीशास्त्रीय प्राणी मात्र हूँ!मेरो गौरव यही हो, मान्छेको दर्जाको हैसियत यत्ति हो!मेरो अन्तिम गन्तव्य भष्मधारीशिव अर्धनारीश्वरको शाश्वत ज्योतिर्मय रूप भष्म हो । अहंकार आडम्बररहित जीवनशैली साक्षात् शिव तत्वको प्रेरणा हो ।


