+

देश चलाउन बौद्धिकता, समन्वय, सहकार्य र धैर्य चाहिन्छ भन्ने युक्रेन उदाहरण हो

१० फाल्गुन २०८१, शनिबार ०३:४३

सुवोधराज प्याकुरेल ।

सबै तथ्य विगत १९९४ देखिका तमाम वाचा, वार्सा सन्धी संगठन विघटन गरेपछि नेटोले एकइञ्च अगाडिका देशमा फैलावट नगर्ने प्रतिबद्धतालाई लत्याएर दनादन रुस वरिपरिका देशलाई नेटोमा समावेश गर्दै सैनिक अखडाले रुसलाई घेर्दै लगेपछिको अनिवार्य परिणति युक्रेनको कठपुतलीकरण र बिनास । युक्रेनलाई युरोपेली युनियनमा तत्काल सामेल नगरौँ भन्ने राष्ट्रपति बिरुद्ध अमेरिकी नुल्याण्डको अगुवाइमा’ लौ राष्ट्रपतिले युरोपेली विकासबाट युक्रेनलाई छुट्यायो’ भन्दै होहल्ला र उत्पात मच्चाएर जनताको–सेवक नाम गरेको टिभी सिरियलको जोकरलाई यसले सिरियलमा देखाएसरह जनताको सेवा गर्नेछ भन्दै विप्लवको जगमा राष्ट्रपति बनाइयो ।

दोश्रो विश्वयुद्ध पछि भगौडा नाजीहरुको आश्रयस्थल बनाको युक्रेनको नाजीहरुको सशस्त्र समूह अजोड बटालियनलाई युक्रेनी सेनाको अगुवा दस्ता बनाइयो र रुसी बाहुल्य प्रदेशहरुमा जनसंहार आतंक मच्चाइयो । २००५ देखि २०२१ सम्मको बारम्बारको रुसी अनुनयविनयलाई कमजोरी लाचारी ठानेर उल्याइयो ।
रुसले क्रिमिया क्षेत्रलाई जनमत संग्रह गरेर फेरि आफूमा गाँस्दै ख्रुश्चोभले युक्रेनलाई दिएको दान फिर्ता लियो । भारतले सिक्किम गाँसे जस्तो र अनेक देशमा गरिएको सम्मिलन बिखण्डन जस्तै । ग्लेमर र मिडियाले कसरी मान्छेलाई हुँडल्न सक्छ भन्ने देखिएको थियो युक्रेनमा नेपालका रवि लामिछानेले २–२ पटक चुनावमा प्रचण्ड बहुमत पाए जस्तो ।

देश चलाउन बौद्धिकता समन्वय सहकार्य धैर्य चाहिन्छ र त्यसको आधार राजनीतिक दर्शनको सेरोफेरोमा चलायमान हुने ऐतिहासिक साँस्कृतिक र सामरिक शक्ति सञ्चय र विन्यास हुनेगर्दछ भन्ने कुराको ज्वलन्त उदाहरण हो युक्रेनी संकट । आमनिर्दोष नागरिक बलियाको मल्लयुद्धको चपेटामा परेका छन् । इतिहासमा बिर्सिन लायक रङ्गीन ग्लेमर र सञ्चार– हिरो जेलेन्स्की थामी नसक्नुको युद्धको खर्च र अनन्त भ्रष्टाचारबाट आजित भएर अमेरिकाले हात झिक्ने भएपछि घरको न घाटको हुने क्रममा छन् । विश्व साम्राज्यको पतन खपीनसक्नुको रक्षा खर्चले भएको छ । उन्मादी साम्राज्यको पतन, रोमन अटोमन बेलायती इतिहास साक्षी छ । युक्रेनी जनताको भलो होस् । संयुक्त राष्ट्रसंघीय सर्वोच्चता विश्वसनीय समावेशी र प्रभावकारी बनोस्, खराब उदाहरण देखाएर झन् खराब गर्ने मनोवृत्तिको समूल अन्त्य होस् ।