-गोकुल निरौला ।
नेपालबाट विदेशिने जनशक्तिको लहर दिनानुदिन बढ्दै गएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई हजार तीनसय जना विदेशिने गरेको तथ्याङ्क बाहिरिएको छ । विदेशिनेहरु मध्य कोही उच्च शिक्षा हासिल गर्न, कोही रोजगारीका अवसर खोज्न, त कोही भविष्य सुरक्षित गर्न भन्दै आफ्नै जन्मभूमिलाई छोड्न बाध्य छन् । के यो प्रवृत्ति अवसरको खोजी मात्र हो, कि परिस्थितिले दिएको विकल्प ? यसको उत्तर हाल सम्म पनि भेट्टाएको छैन । नेपालीहरु कहिलेदेखि र कसरी देश छोड्दै आए भन्ने यकिन तथ्यांक नभएपनि देश छोड्ने प्रचनल भने बर्षौ पुरानो भइसकेको छ । नेपाली नागरिक किन देश छोडिरहेका छन ? बिदेशिने युवा जमातलाइ रोक्न सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति निर्माण गर्नु आवश्यक छ ।
व्यवसायिक शिक्षा, उद्यमशीलता, र लगानीको वातावरण बनाउनुपर्नेछ । सरकार, निजी क्षेत्र, र नागरिकहरू मिलेर समृद्ध नेपालको आधार निर्माण गर्नुपर्नेछ। केही हरफ सम्भावन र सल्लाह स्वरुप लेखिएपनि विदेशिने नागरिकको कथा यत्तिमा मात्र सीमित रहँदैन । देश छोड्नु बाध्यता हो कि विकल्प, यो प्रश्नको उत्तर प्रत्येक व्यक्तिको अनुभवमा निर्भर गर्दछ। तर, जबसम्म स्वदेशमै अवसर सृजना हुँदैन, तबसम्म लाखौँ नेपालीका पाइला विदेशतिर मोडिइरहनेछन्। अब अलि बिगतलाइ सम्झौ । नेपालीहरु कहिलेदेखि विदेशिए तर देशको आर्थिक विकास किन भएन भन्ने बिषयको खोजी गरौं । विदेशिने अर्थात् लाहुरे भन्ने बितिक्कै कतिपयले मलाया सम्झन्छन् । नेपाल र मलाया (हालको मलेसिया) बीचको सम्बन्ध लामो इतिहास बोकेको छ ।
नेपालीहरू मलाया जाने क्रम विभिन्न कालखण्डमा फरक–फरक कारणले चलिरहेको पाइन्छ। यो प्रवासको कथा श्रम, संघर्ष, अवसर र आशाका कथाहरूको संगालो हो। नेपालीहरू विशेष गरी गोर्खा सैनिकहरू मलाया (मलेसिया) को युद्धहरूमा संलग्न भएका थिए। यहाँ प्रमुख युद्धहरू र नेपाली सैनिकहरूको संलग्नताको चर्चा गरौ । दोस्रो विश्वयुद्धको समयमा जापानले सन् १९४१ मा मलायामा आक्रमण गर्यो। बेलायती सेनामा भर्ती भएका गोर्खा सैनिकहरूले जापानी सेनासँग लडाइँ लडे। गोर्खा ब्रिगेड अन्तर्गत उनीहरू मलायाको जङ्गली क्षेत्रहरूमा लडिरहेका थिए । सन १९४८–१९६० दोस्रो विश्वयुद्धपछि, मलायामा साम्यवादी विद्रोहीहरू सशस्त्र संघर्षमा उत्रिए। बेलायतले मलायालाई आफ्नो उपनिवेश बनाएर राख्न चाहन्थ्यो, तर साम्यवादी विद्रोहीहरूले स्वतन्त्रताको लागि युद्ध गरिरहेका थिए। बेलायतीेलायती सेनाले विद्रोह दबाउन गोर्खा सैनिकहरूलाई परिचालन गर्यो ।
गोर्खाहरू जङ्गली युद्धमा प्रशिक्षित भएकाले उनीहरूलाई मलायाका घना जंगलहरूमा साम्यवादी विद्रोहीहरूसँग लड्न पठाइयो । गोर्खाहरूको बहादुरीको कारण, बेलायती सेनाले सफलताका साथ विद्रोह दबायो । मलेसियाको स्थापना (१९६३) पछि, इन्डोनेसियाले त्यसको विरोध गर्दै आक्रमण गर्न थाल्यो। बेलायती सेनासँगै गोर्खाहरू पनि इन्डोनेसियाली सेनासँग लड्न खटिएका थिए।नेपालका नेपालीहरू बर्मा (हालको म्यानमार) जाने प्रवृत्ति मुख्यतः १९औं शताब्दीबाट सुरु भएको थियो। नेपालीहरू विभिन्न कारणले बर्मा गएका थिए । सन् १८१५ मा सुगौली सन्धि पछि बेलायती सेनामा गोरखा भर्ती हुन थाले ।
१८२४–१८२६ को पहिलो आंग्ल–बर्मा युद्धमा बेलायतले गोरखा सैनिक पठायो, जसले बर्मालाई बेलायती भारतको अधीनमा ल्यायो । त्यसपछि, गोरखा सैनिकहरू बर्मामा स्थायी रूपमा खटिन थाले। दोस्रो (१८५२) र तेस्रो (१८८५) आंग्ल–बर्मा युद्धमा पनि नेपाली गोरखाहरू सहभागी भए। युद्धपछि कतिपय गोरखा सैनिकहरूले बर्मामै बसोबास गरे, जसले नेपाली आप्रवासनको शुरुवात गर्यो। सिपाहि भएर मात्र नेपालीहरु विदेशिएनन् । । बर्माको उर्वर भूमि तथा जलवायु राम्रो भएकाले धेरै नेपालीहरूले खेती गर्न बर्मा रोजे । १९औं शताब्दीको अन्त्यतिर बेलायती सरकारले बर्मामा चिया, धान, र अन्य खेतीका लागि कामदारको आवश्यकता देख्यो, जसले गर्दा नेपालीहरूलाई कृषि क्षेत्रमा आकर्षित गरियो। नेपालीहरू घोडा, चामल, कपडा, र अन्य सामानहरूको व्यापार गर्न बर्मा पुगे। उत्तरको तिब्बत पुगे ।
अहिले पनि करिब ५ लाख नेपाली मूलका नागरिकहरू बर्मामा बसोबास गर्छ । विदेशी सेनामा भर्ती भएका नेपालीहरू ब्रिटिश गोर्खा, भारतीय गोर्खा, वा अन्य देशका सेनामा सेवा गर्ने नेपालीहरु नेपाल फर्किएनन्। नेपालबाट नागरिक श्रमिकको रूपमा मलेसिया जाने क्रम १९७० को दशकदेखि नै सुरु भएको पाइन्छ। कृषि, रबर खेती, निर्माण, र कारखानामा नेपाली श्रमिकहरूको माग बढ्न थाल्यो । हालकै तथ्यांक हेर्नेहो भने नेपालीहरू हाल ११० भन्दा बढी देशमा पुगेका छन्। विश्वका यतिधेरै देस नेपाली हरु कामको सिलसिला अथवा पढाइ विज्ञता हासिल गरेर फर्के किन नेपाल गरिव ? यो प्रश्न अनुत्तरित रहेको छ । इतिहासमा नेपाल महान छ । नेपालमा मूर्तिलेनै न्याय दिन्छ भन्ने किम्बदन्ती छ । तर आफैं भित्र हराएको नेपाल इतिहासको पानाबाट बिस्तारै हराउँदै गएको छ । नेपालको भूगोल, संस्कृति, परम्परा, वा ऐतिहासिक महत्व बोकेको कुनै पक्ष हराउँदै गएको वा लोप हुँदै गएको अर्थ दिन्छ। नेपाल आफ्नो ऐतिहासिक भूभाग, सांस्कृतिक सम्पदा, परम्परा, भाषा, वा पहिचानका केही पाटाहरू गुमाइरहेको छ सकिन्छ।
बर्षौ देखि बिदेशिएका हरुले के भित्राए त ? सीप, पर्यटन भन्दा बढी धर्म परिवर्तन मात्र भित्राए । जसको कारण नेपाल पछाडि परिरहेको छ । अर्को अर्थमा भन्नुपर्दा देश छोड्नेहरूको कथा केवल व्यक्तिगत सपना मात्र होइन, समग्र राष्ट्रिय परिप्रेक्ष्यमा बहस गर्नुपर्ने विषय हो। यो केवल धनार्जनको कुरा मात्र होइन, देशको भविष्यको विषय पनि हो। नेपालले आफ्ना नागरिकलाई अवसर दिन सकेन भने, हामी भविष्यमा दक्ष जनशक्ति गुमाउने मात्र होइन, आफ्नो पहिचान समेत कमजोर बनाउँदै जानेछौँ। जब कोही सक्षम व्यक्ति देश छोड्छ, विशेष गरी शिक्षित युवा, देशले दक्ष जनशक्ति गुमाउँछ। नेपाल जस्तो मुलुकमा यो झन् गम्भीर समस्या हो किनभने योग्य जनशक्ति विदेश जाँदा देशको समग्र विकास प्रभावित हुन्छ। देश छोड्ने मुख्य कारण मध्ये एक रोजगारीको अभाव हो। यदि देशभित्रै पर्याप्त अवसर हुन्थ्यो भने धेरैले बाहिर जानु पर्ने थिएन।
धेरै नेपाली विदेश गएर कमाएको पैसा नेपाल पठाउँछन्, जसले देशको अर्थतन्त्रलाई ठूलो मद्दत पुर्याउँछ। तर, यो दिगो समाधान होइन किनभने यो व्यक्तिगत श्रमको भरमा आधारित छ, न कि स्थायी आर्थिक उत्पादनमा। माथि उल्लेख गरे अनुसार देशमा अनुभव आर्जन गरेका मानिस बस्न चाँहादैनन् । देश छोड्दा देशले केही गुमाउँछ, केही पाउँछ । गुमाउने कुरा भनेको उत्पादक मानव स्रोत हो, पाउने कुरा भनेको विदेशी मुद्रा, नयाँ सीप, र सरकारलाई सुधारका लागि घच्घच्याउने अवसर मात्रै हो । राजनीतिक रुपमा भन्नेहो भने रवि बालेनलाई लिन सकिन्छ । तर, दीर्घकालीन हिसाबले हेर्दा, यदि आफ्नै नागरिकलाई देशभित्रै समेट्ने नीति निर्माण गर्न सकिएन भने, देशको भविष्य दुरुह बन्दै जान्छ। उच्च शिक्षा, रोजगारी, र जीवनस्तर सुधार्ने आशामा विदेशिने गर्छन्। अध्ययन, रोजगार, र अवसरको खोजीमा विदेश जाने क्रम तीव्र भए पनि अब देशमै बस्नुपर्ने सोच बलियो बनाउन आवश्यक छ। किनकि राष्ट्रको समृद्धि र उन्नति आफ्नै नागरिकले निर्माण गर्ने हुन्छन । दक्ष जनशक्ति विदेश पलायन हुँदा नेपालभित्र उत्पादनशीलता कमजोर हुन्छ। यतिमात्र होइन परिवार र सामाजिक सम्बन्ध कमजोर हुन्छ ।
रेमिट्यान्सले देशको अर्थतन्त्रलाई टेवा दिन्छ तर यो दीर्घकालीन समाधान होइन। जब श्रम गर्न सक्षम जनशक्ति बाहिरिन्छ, भित्रको उद्योग–व्यवसाय कमजोर बन्छ। विदेशिने नागरिकलाइ रोक्न सक्यो भने नेपाल कृषिप्रधान देश हो। आधुनिक प्रविधि प्रयोग गरी कृषि व्यवसायलाई व्यावसायिक बनाएर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ। नेपालको समृद्ध संस्कृतिलाई विश्वसामु चिनाएर पर्यटन र घरेलु उद्योगबाट राम्रो आम्दानी गर्न सकियो भने देश आत्मनिर्भर हुन्छ । पछिल्लो अवस्तामा नेपालि युवा जमातले आफ्नो देशमा बसेर काम गर्दा भाषा, संस्कृति, र पहिचान जोगाउन सकिन्छ। सरकार अब नेपाली युवाहरुलाई विदेशिन फ्रि भिषा फ्रि टिकटको साटो नेपालमै केही गर्न सघाउने कि ?


