टिप्पणी । उज्यलो नेपाल ।
जति नै ठूलो स्वरमा शान्तिपूर्ण भनिए पनि राजावादी आन्दोलन चौथो दिन पुग्दा हिस्रंक हुने लक्षण देखिएको छ । निकै बलपूर्वक लछारपछार गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेर सरकार राजावादीप्रति आक्रामक हुदैं गएको सन्देश दिएको छ । अघिल्ला तीन दिनको तुलनामा चौथो दिनको प्रदर्शनमा राजावादी प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज पनि गरेको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो । प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएर सरकारले राजावादीहरुलाई सत्ताको शक्ति मात्रै देखाएको छैन, कमल थापा त पक्राउ पर्छन भने अरु सामान्य सहभागिको हैसियत के भन्ने सन्देश दिदैं आन्दोलनमा रहेका राजावादी सहभागिहरुलाई तर्साउन खोजेको छ । राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका आन्दोलनप्रति सरकार क्रमशः आक्रामक हुन थालेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् । अन्यथा जेठ १९ बाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए । अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’ उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’ कमल थापालाई फिर्ता गर्न माग गर्दै लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’ उनले आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिए ।
राप्रपा नेपालका अध्यक्ष थापाको पक्राउ र राप्रपा अध्यक्ष अध्यक्ष लिङ्देनको चेतावनी अनि प्रहरीको लाठी प्रहारसहितको दमनको हर्कतले जेठ १९ देखिको राजावादी आन्दोलन निकै हिस्रक हुदै जाने अनुमान गर्न सकिन्छ । मध्य जेठको गर्मीमा राजावादीले जारी राखेको आन्दोलनलाई सरकारले खिसी टिउरी मात्र गर्दै आएकोमा अब प्रहरी दमन मार्फत नै ठेगान लगाउन खोजेको सन्देश दिएको छ । काँग्रेस, एमाले र माओवादी दलका नेताहरुले हियाउदैं आएको राजावादी आन्दोलनलाई प्रहरी दमन मार्फत सरकारले पेल्न खोजेको हो भने यो सत्ता र सरकारको पहिलो हार हो ।
आन्दोलनको मैदानमा जस्तो भाषण गरे पनि कमल थापालाई पक्राउ गर्नुपर्ने विश्वासिलो आधार र कारण सरकारसंग छैन । कमल थापाले बन्दुक उचालेर सरकार र व्यवस्था विरोधी हर्कत गरेका होईन्न । जेठ १८ को मध्य दिनमा कमल थापालाई प्रहरी दमनमार्फत पक्राउ गरेर सरकारले एक भद्र राष्ट्रवादी नेता र नेतृत्वमाथिको प्रतिशोधी भावनालाई उजागर गरेको छ । कमल थापा व्यक्ति हैन्न, उनी राप्रपा नेपालका संस्थापक अध्यक्ष, देशका पूर्व उपप्रधानमन्त्री एवं धेरै पट्क मन्त्री भैसकेका राष्ट्रवादी नेता हुन । राजावादी विचारका प्रतिक थापालाई पक्रेर राजावादी आन्दोलन निष्तेज पार्न केप ीओली सरकारको प्रयाश हो भने यो सरकारको कयरता मात्रै हैन, सत्ताको आरोलो यात्राको पूर्व संकेत पनि हो ।
काँग्रेस एमाले नेतृत्वको दुई तिहाई बहुमतको वर्तमान सरकार संसदीय अंकगणितमा जति शक्तिशाली भए पनि कमल थापालाई सधै थुनेर राजावादी आन्दोलनलाई निष्तेज पार्ने औकातमा नै छैन । याी पंक्तिहरु पाठकसम्म पुगिसक्दा कमल थापालाई हिरासतमुक्त गरिसक्ने दबाबमा रहेको सरकारले यसरी फरक विचारको नेता, नेतृत्व र विचारलाई बल प्रयोग गर्नु सरकार र सत्ताको अराजनीतिक, असहिष्णु र प्रतिशोधी हर्कतको पराकाष्ठ हो ।
राजावादी आन्दोलनलाई सरकारले सत्ताशक्ति र प्रहरी दमनबाटै तह लगाउने वा निष्तेज पार्ने सोचेको हो भने यो सत्ताधारी गठबन्धन र केपी ओली सरकारको गंभिर भुल हो । यो सरकारको र सत्ताधारी तथा पुरै गणतन्त्रवादीहरुको आत्माघाती कदम हो । ओली सरकार आत्माघाती कदमबाट पछि हटनुपर्छ, अन्यथा भीरबाट लडने गोरुलाई राम राम भन्ने मात्र त होला नी । कि कसो ओली सरकार ?


