+

विगतको दुई आन्दोलन तुहाएको जबाफदेही को हो?

२९ जेष्ठ २०८२, बुधबार ०७:१०
सोम विक्रम सिंह् । (राजावादी आन्दोलनको सकसः २)
ॐ आदेश।
आन्दोलन तुहिया मतलव छैन। झोलेहरू! हाम्रो पार्टी बिना हजार ल्याएर देखाउ, हाम्रो नेता नभईदिएको भए राजसंस्था को मुद्धा कसले बोक्छ, तिमीहरू गरेर देखाउ भन्या हुन्छ। राष्ट्रिय सरोकार मञ्च नेपाल बि.सं. २०६० साल देखि छलफलमा लागेर २०६२/ २०६३ लगत्तै दरबारलाई साथ दिएर लागेको संगठन हो। विगतको दुई आन्दोलन तुहाएको जबाफदेही को हो?
ल भन हामीलाई, स्पष्टीकरण कसले दिने हो? हाम्रो त आन्दोलन तुहियो तिमीहरूको नेता बिचको लडाईँले गर्दा ले भनेर आन्दोलनमा सहभागी आन्दोलन समर्थक र कर्मवीर हरूको विश्लेषणात्मक बहसको मात्रै विषय उठान भएको हो। पार्टीका नेतृत्व बर्गमा पनि असन्तुष्टी उठिरहेको समय हो। मेरो पछिल्लो पोष्टमा गएर हेरौं जसले उपरजान्ने भएर कमेण्ट गर्या छ, जसले नकरात्मक टिका टिप्पणी गरेका छन् तिनका सामाजिक सञ्जाल को वालमा गएर हेरेको आफ्नै नेताहरूलाई मरून्जेल गाली गलौज तथा भण्डाफोर गरेको देखियो।
राष्ट्रिय सरोकार मञ्च नेपाल लाई मुछेर बसेको एउटा साईको त के कुरा गर्ने बोलीको ठेगान रहेनछ। अन्तमा! माफि मागेर यसो चर्चामा आउनलाई पो केहि न केहि उट्पट्याङ्ग गर्नै पर्यो रे, हाँस्यास्पद। एउटा पार्टी लाई सचेत गराउँदा वाह वाही तथा आफ्नो पार्टी लाई छोयो भने यसो गर्न त नहुने रे। यो आन्दोलनलाई ओलीको झोलीमा राख्ने कुतत्व देखि होशियार। राजनीती बुझेको र जहिलै शाक्तिमा बस्नेले नबुझेर होला त, अकस्मात राजसंस्था भित्र विवाद आउने बहस छेड्या? सचिव महाराजहरूले पनि सोच्दा उत्तम होला।
कहिले कस्को पछि, कहिले कस्को पछि लागेर आन्दोलनलाई प्रयोगात्मक ढंगले नचलाउँदा हामी कमजोर हुँदैनौ भन्ने। जसले दरवारलाई धेरै प्रयोग गर्यो, जसले दरबार लक्षित जथाभावी भन्यो, गालि गलौज गर्यो, आफैलाई राजा स्थापित गर्छु भनेर समाजमा हुँकार गर्यो त्यसलाई नै दरबारले सर्वोपरी ठानेर अगाडि बढाउनु के आधारमा गर्ने रहेछ? यो सोचनिय लाग्छ। ठन्डा दिमागले सोचेर समयको माग बमोजिम, सहि, स्वार्थरहित, करिस्म्याटिक तथा गतिशिल र अदम्भव शाहस भएको नेतृत्व लाई अगाडि बढाउँदा नै अबको अन्तिम लँडाईले सार्थकता प्राप्त गर्ला।
थुनाबाट निस्कनासाथ दुर्गा प्रसाईँ ले पनि पार्टी खोलेर अगाडी बढ्ने निकट व्यक्ति को भनाई छ‌‌। जे होस्! दुर्गा आफ्नै ढङ्गले अगाडि बढ्छ भन्ने संकेत हो यो। जिस्केर जिवन व्यर्थ गयो भन्ने भनाई स्थापित नहोस्, यहि नै छ कामना। हाम्रो समय, धन, बल, बुद्धि, आँट, शाहस, जाँगर र उमेर मार्ने काम बन्द होस्। ॐ जय श्री शिव गोरख। जय गोरखकाली। जय कर्मनिष्ठ। जय मुक्ति अभियान। जय गोरख।(सिंह राष्ट्रिय सरोकार मञ्च नेपालका अध्यक्ष तथा राष्ट्रिय शक्ति नेपालका प्रवक्ता हुनुहुन्छ ।)
थप, यो पनिः
https://www.ujyaalonepal.com/2025/303089/
https://www.ujyaalonepal.com/2025/302620/