+

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

२६ माघ २०८२, आईतवार १३:४१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेकाे हाे ।

जिल्ला सरकारी वकिल कार्यालयकाे निर्णय अनुसार उनलाई ‘हाजिर जमानी’मा रिहा गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले रातोपाटीलाई बताए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले दुई दिन हिरासतमा बसेर छुटेका हुन् ।