काठमाडौं । कम्बोडियाबाट ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडिया बसेका नेपालीहरुलाई उद्धार गरेको हो ।
दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता पठाएको जाननकारी दिएको हो ।
प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र कम्बोडियामा बिनाभिसा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ ।
दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ ।


