काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुशासन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको समितिका एकसदस्यले जानकारी दिए ।
बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा छलफल गरी आवश्यक निर्णय हुने उनको भनाइ छ । पार्टीभित्र विवाद बढिरहेको बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पछिल्लो समय विशेषगरी महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ ।
प्रतिनिधिसभाको उपसभामुख पदमा पार्टीभित्र आन्तरिक छलफल नै नगरि उम्मेदवारी दर्तागरेको भन्दै राणाले सामाजिक सञ्जालमा समेत असन्तुष्टि पोखेका थिए । समानुपातिकाट सांसद बनेकि धादिङकि सरस्वती लामाले उपसभामुख पदमा उ्रम्मेदवारी दर्ता गरेकि थिइन् । उनले निर्वाचनमा पाँच मत प्राप्त गरिन् ।


