काठमाडाैँ। गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय आफ्नो नाम जोडिएर आएको सेयर विवादबारे पार्टीले गर्ने हरेक निर्णयको पालना गर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले २५ लाखको सेयर लुकाएको भन्ने आरोपको खण्डन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो विषयमा हुने अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार समेत रहेको बताए।
‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु,’ गृहमन्त्री गुरुङले भने।
यस्तै, उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह गरे। उनले भने, ‘शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।’


