+

रास्वपाले गर्‍यो सांसद र मन्त्रीहरूको लेवी परिमार्जन

७ बैशाख २०८३, सोमबार १२:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद र मन्त्रीहरूको लेबी परिमार्जन गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले लेबी परिमार्जन गर्ने निर्णय गरेकोमा आज भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय अनुमोदन गरेको हो।

यसअघि सांसदहरूको देवी १६ हजार ५०० रहेकोमा परिमार्जन गरेर १५ हजार कायम गरिएको प्रवक्ता मनिष झाले बताएका छन्।

उनका अनुसार मन्त्रीहरूको लेवी १८ हजार कायम हुँदा स्वकीय सचिवको २ हजार कायम गरिएको छ।