काठमाडौं। गृहमन्त्री सुदन गुरुङ राजीनामा दिए लगत्तै मन्त्रालयबाट बाहिरिएका छन्। राजीनामा दिएपछि मन्त्रालयबाट बाहिरिँदै गर्दा उनी मिडियासामु नमस्ते गर्दै मुस्कुराइरहेको अवस्थामा बाहिरिएका हुन्।
तस्बिरमा उनी सहज र संयमित मुद्रामा देखिन्छन्, जहाँ सञ्चारकर्मीहरूलाई अभिवादन गर्दै मुस्कुराउँदै बाहिरिएको दृश्य कैद गरिएको छ। मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका छन्।
चैत्र १३ गते गृहमन्त्री बनेका गुरुङ विवादास्पद शेयर कारोबारका कारण विवादमा तानिएका थिए। चौतर्फी आलोचना भएपछि उनले बुधबार राजीनामा दिएका हुन्।



