काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। मंगलबार प्रतितोला चार हजार ९४५ रुपैयाँमा बिक्री भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर चार हजार ९१५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको महासंघले जनाएको छ।


