+

छतको रेलिङ खस्दा महिलाको मृत्यु

२१ बैशाख २०८३, सोमबार २०:३८

सिरहा । सिरहामा सोमबार साँझ आएको ठूलो हावाहुरीका कारण घरको छतको रेलिङ भत्किँदा एक जना महिलाको ज्यान गएको छ।

मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हावाहुरीका कारण घरको छतमा लगाइएको इँटाको रेलिङ भत्किएर खस्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

घरको बरन्डामा बसिरहेको अवस्थामा अचानक रेलिङ भत्किएर उनको टाउकोमाथि खसेको थियो ।

घाइते अवस्थामा उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।