+

लुटपाट तथा चोरीमा संलग्न व्यक्ति पक्राउ

२४ बैशाख २०८३, बिहीबार १५:२१

काठमाडौं । लुटपाट तथा चोरीमा संलग्न रही फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने ३२ वर्षीय हरिकृष्ण महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकस्थित नैना एण्ड इशान ज्वेलरीमा बिहीबार हतियार देखाई लुटपाट गर्ने प्रयास भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।